ठेकेदारी र जमिन्दारी प्रथा अन्त्यका लागि आफनो उम्मेदवारी– नेकपा उम्मेदवार उदयशंकर रौनियार

0
564
Ad_Article_Top
Share :

वीरगंज,कार्तिक २५
मंसिर १४ गते हुन लागेको उपचुनावको लागि नेकपाबाट संखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ५का वडा अध्यक्षका उम्मेदवार उदयशंकर रौनियारले ठेकेदारी र जमिन्दारी प्रथा अन्त्य गर्न आफनो उम्मेदवारी भएको बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्र्दभमा आज कुरा गर्दै उम्मेदवार रौनियारले अढाई बर्ष भित्र पनि गाँउपािलकाले केहि गतिलो काम गर्न नसकेको अरोप लगाउदै गाँउपालिकाका जन प्रतिनिधिहरुले भ्रष्टाचारमा लिप्त भएको बताउनुभयो । उहाँले यस अघि जितेको वडा अध्यक्षले पनि अढाई बर्ष भित्र केहि गर्न नसकेको बताउनुभयो ।उहाँले महुअवन बलुवा र सोलखपुरमा बिकाश गर्न उम्मेदवारी दिएको बताउनुभयो । उहाँले गाँउपालिकामा व्यापक आर्थिक अनियमिता बढेको बताउदै आफु बिजयी भएमा कालाबजारी, भ्रष्टाचारी नियन्त्रण गर्न काम गर्ने बताउनुभयो । उहाँले अढाई बर्ष भित्र सम्म गाँउपालिकाले केहि गतिलो काम गर्न नसकेको बताउनुभयो । उहाँले आफनो वडा अन्र्तगत रहेका गाँउहरुमा कृषि ,पशुपालन, दुग्ध डेरी,मन्दिर निर्माण, भौतिक पुर्वाधार लगायतको बिषयमा काम गर्ने बताउनुभयो । उहाँले आफु बिजय भएमा काँखापाखा नगरि बिकाशको कार्य अघि बढाइने बताउनुभयो । गाँउको समस्या गाँउमै समाधान हुने गरि काम गर्ने बताउनुभयो । नेकपा नेतृत्वको सरकारले अढाई बर्ष भित्र धेरै नै बिकश गरेको बताउदै वृद्धा भता, आफनो गाँउ आफनै बनाउ जस्ता महत्वपुर्ण अभियानहरु कम्युनिष्ट सरकारले नै ल्याएको बताउनुभयो ।नेपालको ईतिहासमा कम्युनिष्ट सरकारले स्थानिय तहमा धेरै बजेट बिनयोजित गरेको बताउनुभयो ।उहाँले जनता कम्युनिष्ट सरकार प्रति धेरै नै उत्साहित भएकोले वडामा आफनो जित सुनिश्चित भएको बताउनुभयो । उहाँले गाँउपालिका प्रमुख प्रदिप जयसवालले आफनो व्यक्तिगत बिकाश तर्फ मात्र केन्द्रित रहेको आरोप लगाउनुभयो । उहाँले आफु बिजय भएमा शिक्षा, स्वास्थ्य ,कृषि तथा प्रदुषणबाट मुक्ति दिन घर घरमा ग्यास चुलो बितरण,दलितको उत्थानको लागि घर निर्माण, भयरहित वातावरणमा व्यवपार व्यवसाय गर्न वातावरण सृजना गर्ने बताउनुभयो । उहाँले वडामा रहेको अधुरो बिकाश योजनलाई पुरा गर्ने, पोखरी संरक्षण गर्ने, भैसी खरिद गर्न सहयोग गर्ने लगायतको योजना रहेको बताउनुभयो ।उहाँले अढाई बर्ष भित्र हुन नसकेका कामहरु दुईबर्षभित्र पुरा गर्ने लक्ष्य रहेको बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here