कर्मचारी अभावका कारण वडाको वजेट खर्च गर्न समस्या भएको अध्यक्ष गुप्ताको भनाई

0
301
Ad_Article_Top
Share

वीरगंज, कार्तिक २६
पोखरीया नगरपालिका वडा नम्बर ३ बसन्तपुरका वडा अध्यक्ष अजय कुमार गुप्ताले अढाई बर्षको भित्र वडामा भौतिक पुर्वाधारको काममा बिशेष ध्यान दिएको बताउनुभएको छ ।आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै वडा अध्यक्ष गुप्ताले वडा अन्र्तगत रहेका बसन्तपुर र फुलवरीयामा ८०० मिटर नाला निर्माण, सडक निर्माण, मठ मन्दिर मर्मत लगायतको क्षेत्रमा काम भएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य कृषि क्षेत्रमा पनि बिशेष प्याकेजका साथ काम गरिएको बताउनुभयो । उहाँले आफनो वडामा ७० वटा धारा, २०० चर्पी बितरण गरिएको बताउनुभएको छ । उहाँले कृषि उपजको वृद्धिको लागि सिचाइको व्यवस्था ,उन्नत जातको बिउ बितरण तथा बोरिङ्ग जडानको काम गरिएको बताउनुभयो । उहाँले दलित समुदायको उत्थानको लागि दलित बस्तीमा सडक ढलान, धर्मशाला निर्माण गरिएको बताउनुभयो । उहाँले वडामा रहेको पोखरीमा सुर्य मन्दिर निर्माणको कार्य अघि बढाइएको बताउनुभयो । उहाँले शिक्षाको स्तर वृद्धि गर्न भवन मर्मत, डेस्क बेन्चको व्यवस्था गरिएको बताउनुभयो ।उहाँले शिक्षाको स्तर वृद्धि गर्न अभिभावक, स्थानिय र शिक्षकलाई ईमन्दारीका साथ काम गर्न आग्रह गर्नुभयो । वडा अध्यक्ष गुप्ताले सामुदायिक बिद्यालयलाई व्यवस्थित गर्न आधुनिक चर्पी, पर्खाल निर्माण, फर्निचर लगायतको क्षेत्रमा काम गर्ने योजना रहेको बताउनुभयो । वडा अध्यक्ष गुप्ताले कर्मचारीको अभावका कारण वडामा बजेट खर्च गर्न समस्या भएको बताउनुभयो । समाजिक कार्यकर्ता जस्तै वडा अध्यक्षको जिम्मेवारी तोकिएकोले पनि काम गर्न समस्या भएको बताउनुभयो । क्षमता निर्धारण भएर चुनाव भएको स्थानिय तहमा काम गर्न सजिलो हुने वडा अध्यक्ष गुप्ताको भनाई थियो । उहाँले स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिन बिशेष शर्तकताका साथ बजेट बिनयोजन गरिएको जानकारी दिनुभयो । उहाँले बाल बालिका ,ज्येष्ठ नागरिक र महिलाको बिकाशको लागि बिभिन्न योजना बनाइएको बताउनुभयो । उहाँले सवैको सहभागितामा वडाको बिकाश निर्माण र योजना छनौट हुने गरेको बताउनुभयो । उहाँले वडाको बिकाशको लागि सल्लाह सुझाव दिन स्थानियलाई आग्रह गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here