संविधान बनाउनेले नै स्थानिय तहको अधिकार खोस्दै छ : मेयर गुप्ता

0
339
Ad_Article_Top
Share :

वीरगञ्ज, कार्तिक २७
रौतहटको गौर नगरपालिकाका नगरप्रमुख अजय गुप्ताले अधिकार प्रदत व्यक्ति तथा संस्थाहरुबाट नै अधिकारको हनन हुने गरेको बताउनुभएको छ ।
आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम स्थानिय तहको गतिविधीमा कुराकानी गर्दै मेयर गुप्ताले स्थानिय तहमा शिक्षा, स्वास्थ्य, यातायात लगायतका आधारभुत आवश्यक्ताका साथै अन्य भौतिक तथा मानसिक परिवर्तनमा लागि परेको बताउनुभयो ।
कर्मचारी र जनप्रतिनिधीको समन्वय गर्ने प्रणालि बस्न समय लागेको बताउँदै सबै जनताका गुनासाहरुको सम्बोधन गर्ने कार्यमा लागेको उल्लेख गर्नुभयो । यसैगरी गौर नगरपालिकामा शैक्षिक गुणस्तर बढ्दै गएको बताउँदै सबै छात्राहरुलाई हरे विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेको बताउनुभयो । स्वास्थ्यको प्रसंगमा गौर नगरपालिकामा एउटा मात्रै स्वास्थ्य चौकी भएको भन्दै उहाँले दुखेसो पोख्नुभयो । बिकास निर्माणका क्रियाकलापहरु सन्चालन भइरहेको बताउँदै मेयर गुप्ताले सेवा प्रदायक संस्था भएको हुँदा सामाजिक सुरक्षा भत्ता लगायतका सेवा हरु प्रदान गर्न पनि लागिपरेको बताउनुभयो ।
कृषि योग्य क्षेत्र भएपनि अपेक्षा अनुसार कृषिमा बिकास गर्न नसकेको स्वीकार गर्दै उहाँले सिचाई तथा बिउ बिजन बितरण, मल तथा खाद बितरणमा नगरपालिकाले बिभिन्न कार्यक्रमहरु ल्याउने पनि उहाँले दावि गर्नुभयो ।
किसानको परिश्रमलाई बुझ्ने जनप्रतिनिधि भएको नाताले पनि कृषिलाई आधुनिकीकरण तथा बैज्ञानिकीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here