स्वास्थ्य क्षेत्रमा प्रभु हस्पिटलको नयाँ आयाम, प्रदेश नम्बर २ मै उत्कृष्ट बनाउछौं – डा. गुप्ता

1
1982
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,कार्तिक २८,राकेश साह
वीरगंजमा गुणस्तरी सेवा दिने उद्देश्यले प्रभु हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि खोलिएको अस्पतालका संचाल्क एवं जनरल एण्ड ल्याप्रोस्कोपिक सर्जन डा। मनोज कुमार गुप्ताले बताउनुभएको छ । उहाँले मुनाफा भन्दा पनि सेवालाई बिशेष प्राथमिकता दिएर अस्पताल संचाल्न गरिएको बताउनुभयो । उहाँले वीरगंजले बिस्तारै स्वास्थ्य क्षेत्रमा फडको मारेको बताउदै बिरामीहरु बाहिर जानै नपर्ने गरी स्वास्थ्य क्षेत्रमा लगानी गरिएको बताउनुभयो । त्यसैगरी नर्मल केसलाई अप्रेशन गर्ने बाध्य नबनाउने गरिएको अस्पतालका बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. लक्ष्मी थापाले बताउनुभयो । उहाँले आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेको मात्र अप्रेशन गर्ने गरेको बताउनुभयो । थापाले वीरगंजमा छिटै नै निसन्तान दम्पतीको लागि आईभिएभ सेन्टर संचाल्नको लागि गृहकार्य भईरहेको बताउनुभयो । उहाँले वीरगंजको स्वास्थ्य क्षेत्रमा प्रभु हस्पिटल कोसे ढुङ्गा सावित हुने समेत बताउनुभयो । उहाँले अस्पतालले सुबिधा सम्पन्न प्रबिधि र उपकरणका साथ उपचार सेवा दिइरहेको बताउदै अस्पतालले २४ घण्टा ईमरन्जेन्सी सेवा, आईसियु, एन आईसियु, पेडियार्टिक ,ल्याप्रोस्कोपी सर्जरी,हाडजोर्नी,मुटु रोग, मेडिसिन लगायत सेवा प्रदान गरिरहेको बताउनुभयो । डा. थापाले सरकारी निति नियमका कारण सरकारी अस्पतालको अवस्था जटिल भएको बताउनुभयो । यसैगरी डा मनोज गुप्ताले १२ वटा बिरामी हेर्ने अन्र्तराष्ट्रिय मान्यता रहे पनि सरकारी अस्पतालमा ८० वटा बिरामी हेर्ने बाध्यता भएकोले सरकारी अस्पतालमा समस्या हुने गरेको बताउनुभयो । उहाँले उपकरण अभावमा पनि सरकारी अस्पतालमा काम गर्न समस्या हुने गरेको जानकारी दिनुभयो । उहाँले निकट भबिष्यमा कान्ति बाल अस्पतालको सहकार्यमा प्रभु हस्पिटलले बाल रोग बिशेषज्ञ डाक्टर ल्याएर सेवा दिने जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा केहि विकृति रहेकोले त्यसता विकृतिबाट प्रभु हस्पिटल टाढा रहने डा. लक्ष्मी थापाले बताउनुभयो । प्रभु हस्पिटल सरकारी मापदण्ड पुरा गरेर सवै सेवाहरु एकै छानामुनी दिईरहेको डा.गुप्ताले जानकारी दिनुभयो । उहाँले अन्र्तराष्ट्रिय मापदण्ड प्राप्त र कम साइड ईफेक्ट हुने औषधि लेख्ने गरेको बताउनुभयो । नेपाली औषधि कम्पनीहरु पनि गुणस्तरीय औषधि बजारमा ल्याएको बताउदै केहि औषधिहरु बिदेशबाटै मगाउनुपर्ने बाध्यता रहेको डा.लक्ष्मी थापाले बताउनुभयो । प्रभु अस्पताललाई दुई नम्बर प्रदेशमा नमुना अस्पताल बनाउने उद्देश्यका साथ काम भइरहेको डा. मनोज गुप्ताले बताउनुभयो । उहाँले प्रभु हस्पिटलले हरेक सेवामा १० प्रतिशत निशुल्क सेवा दिइरहेको बताउनुभयो । उहाँले अति गरिब बिरामीलाई ५० प्रतिशत सम्म छुट दिने गरेको बताउनुभयो । उहाँले प्रभु हस्पिटलका कमी कमजोरीबारे सल्लाह सुझाव दिएर सहयोग गर्न पनि डा. लक्ष्मी थापाले आग्रह गर्नुभयो ।

meropathsala.com

1 COMMENT

  1. खुशीको समाचार पढ्न पाइयो…सस्तो र गुणस्तरीय सेवाको आशा राख्दै प्रभु होस्पिटलको प्रगतिको शुभकामना ….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here