शंकराचार्य गेटमा वृहत सरसफाई

0
164
Ad_Article_Top

वीरगंज, कार्तिक ३०
भोलन्टियर वीरगंजको आयोजनामा आज नेपालको मुख्य प्रबेशद्वारमा वृहत सरसफाई गरिएको छ । वीरगंजका मेयर बिजय सरावगीको बिशेष सहभागितामा मुख्य प्रवेशद्वार शंकराचार्य गेट र त्यस आसपासको क्षेत्र सरसफाई गरिएको हो ।वृहत सरसफाई कार्यक्रममा बिभिन्न राजनितिक दलका युवा नेता,विद्यार्थी, प्रहरी, बैंकर, भोलन्टियर, समाजिक कार्यकर्ता र वीरगंज महानगरपालिकाको दमकलको सहयोगमा सरसफाई गरिएको भोलेन्टियर राजन श्रीवास्तवले जानकारी दिनुभयो ।

सरसफाई कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, प्राध्यापक सुस्मा तिवारी, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केशी लामीक्षाने, नेवि संघका बद्रीनाथ तिवारी, राकेश यादव समाजवादी विद्यार्थी संगठनका निघिल बर्णवाल लगायतको सयौंको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here