पत्रिकाको अभिलेख बुझाउन जनकपुर जानुपर्ने बाध्यता, जिल्ला हुलाकबाटै हुनुपर्ने माग

0
152
Ad_Article_Top
Share

वीरगञ्ज, कार्तिक ३०
पर्सेली सन्चारकर्मी तथा पत्रकारहरु बिच आज लोक कल्याणकारी बिज्ञापन सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्पन्न कार्यक्रममा लोक कल्याणकारी बिज्ञापनको भुक्तानी लगायतका अन्य काम कारवाही हरु जिल्ला हुलाक कार्यलय मार्फत हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन लगायतका सम्बन्धित निकायलाई ध्यानआकर्षण गराउन ज्ञापन पत्र बुझाउने निर्णय भएको छ ।
नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जाराको सभापतित्वमा भएको छलफल कार्यक्रममा स्थानिय तहमा भएका बिसंगती तथा सिमानाकामा हुने गरेका तस्करीलाई सन्चार माध्यमको माध्यमबाट न्युनिकरण गर्न जोड दिनुपर्नेमा बक्ताहरुले जोड दिएका थिए । साथै प्रदेश सरकारको सन्चार सम्बन्धि विद्येयकको बारेमा समेत शंसोधन गर्नुपर्ने बक्ताहरुको भनाई थियो ।
बर्गिकरणमा परेका पत्रिकाहरु बुझाउन जनकपुर जानुपर्ने र त्याँहा जाँदा पनि समयमा काम नहुने भन्दै सम्बन्धित जिल्ला हुलाकबाटै पत्रिकाको अभिलेख बुझाउने लगायतका काम सन्चालन गर्न दवाव दिने निर्णय गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसि लामिछाने, पर्सा शाखा उपाध्यक्ष अनुप तिवारीका साथै स्थानिय पत्रपत्रिकाका प्रकाशक, सम्पादक तथा पर्सेली पत्रकार र सन्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार महासंघ पर्साका सचिब युवराज खड्काले गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here