प्राचिन मुर्ति सहित जेसिबी चालक पक्राउ

0
100
Ad_Article_Top

वीरगंज, कात्तिक ३०
जिल्ला प्रहरी कार्यालय बाराले प्राचिन मुर्ति फेला पारी कसैलाई जानकारी नदिई लुकाउने १ जनालाई पक्राउ गरेको छ ।
बाराको सिम्रौनगढ नगरपालिका वडा न. ३ नयका टोल स्थित पोखरी खन्ने क्रममका फुटेको अवस्थामा प्राचिन मुर्ति फेला परेको थियो । सर्लाहीको बरहथवा नगरपालिका वडा न. १३ बसवरिया निवासि ना १ ख ५२०२ नम्बरको जेसिबी चालक ३१ बर्षिय नविन रामले फेला पारेको मुर्ति कसैलाई जानकारी नदिई लुकाई छिपाई राखेका थिए ।


इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट खटिएको प्रहरी टोलिले मुर्तिसहित निजलाई नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here