U 15 साफ प्रतियोगिता र ए एफ सी U 16 प्रतियोगिता खेलेका मुनलाईट स्कुलका चौधरी सम्मानित

0
45
Ad_Article_Top
Share

वीरगंज, मंसिर १
वीरगंजको मुनलाइट सेकेण्डरी स्कुलमा कक्षा ९ मा अध्ययनरत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा फुटबल खेल्ने छात्रलाई विद्यालयलयले सम्मान गरेको छ ।
भारतमा सम्पन्न अण्डर १५ साफ प्रतियोगितामा र जोर्डनमा भएको एएफसि अण्डर १६ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेका अजय चौधरीलाई विद्यालयमा आयोजित कार्यक्रममा दौसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक श्याम केसिको सभापतित्वमा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक निर्मल पनेरु, खेल प्रशिक्षक कृष्ण शाक्य, फोनिज प्रदेश न. २ का इन्चार्ज निरज पिठाकोटेमगरलगायतले खेलको माध्यमले पनि जिवनयापन गर्न सकिने हुँदा विद्यार्थिहरुले अध्ययनका साथै खेल क्षेत्रमा पनि रुचि देखाउनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रमको सहजिकरण हेमन्त तामाङले गरेको मुनलाइटका प्रबन्धक शुलभ केसि जानकारी दिनुभये ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here