पार्टीमा देखिएको विवाद अधिवेशन पश्चात समाधान हुने – सह महासचिव समानी

0
298
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, मंसिर १,राकेश साह
राजपा नेपालका सहमहासचिव निजामुदिन समानीले राजपा नेपाल पर्सामा देखिएको विवाद अधिवेशन पश्चात समाधान हुने बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्र्दभमा कुरा गर्दै सहमहासचिव समानीले एढक कमिटी गठन भएकोले त्यो ठुलो कुरा नभएको र विवाद अधिवेशन पश्चात समाप्त हुने बताउनुभयो । उहाँले पार्टी भित्र देखिएको संर्घषलाई सकारत्मक रुपमा लिई अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । नेता समानीले पार्टि भित्र देखिएको कमीकमजोरीलाई सच्याएर अघि बढिने बताउनुभयो । मधेसी जनताको चाहना अनुसार नै राजपा नेपालको गठन भएको बताउदै ६ दल मिलेर बनेको राजपा पार्टी निकट भबिष्यमा ठुलो पार्टी बनेर आउने बताउनुभयो । आन्तिरीक कलहका कारण पार्टीले सोचे जस्तो परिणाम ल्याउन नसकिएको बताउनुभयो ।। केन्द्रिय अध्यक्ष मण्डलको चक्रिय प्रणालीका कारण संगठन बिस्तारमा समस्या भएको बताउनुभयो । उहाँले सवै पार्टीले असल कार्यकर्तालाई टिकट नदिई ठेकेदार र पैसावाला लाई टिकट दिएकोले समस्या भएको बताउनुभयो । उहाँले मधेस आन्दोलनका सच्चा योद्धालाई मधेसवादी दलले सहि मुल्यांकन नगरेको जानकारी दिनुभयो । उहाँले जनता र नेता दुवैले यर्थात बुझनुपर्ने बताउनुभयो । उहाँले जनताले ईमन्दार नेतालाई भोट नदिदा समेत राजनितिमा बिकृति आएको बताउनुभयो । नातावाद,परिवारवाद मधेसवादी दलमा मात्रै नभई नेपाली काँग्रेस र नेकपामा पनि हावी भएको सहमहासचिव समानीले बताउनुभयो । समाजवादीपार्टी र राजपा नेपाल बिच तत्काल एकताको सम्भवाना नरहेको बताउदै एकताको लागि सरकार छोडेर सडकमा आउनुपर्ने धारणा राख्नुभयो । सता र भताको लोभमा मधेसको बिकाश हुन नसक्ने बताउदै समाजवादी पार्टीलाई सरकार छाड्न आग्रह गर्नुभयो । मधेसको शिक्षाको स्तर वृद्धि गर्न स्थानियलाई जागरुक हुनुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारलाई मात्र दोष दिएर नभई आफनो स्तरबाट पनि समाज सेवामा लाग्न अनुरोध गर्नुभयो । उहाँले संघियता पश्चात देशमा धेरै नै बजेट आएकोले त्यसलाई सहि सदुपयोग गर्न सवै जनप्रतिनिधिहरुलाई आग्रह गनर््ुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here