बाह्य पर्यटकको आकर्षण बन्दै दियालो लर्डस् धमाधम होटलमा लगानी थपिदै, दियालोले वीरगञ्जलाई चिनायो

0
173
Ad_Article_Top
Share

वीरगञ्ज, १ मंसिर
यसैवर्ष सुरु भएको पर्यटन वर्षलाई मध्यनजर गरी खुलेको होटल दियालो लर्डस्ले विस्तारै राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरको गोष्ठी सेमिनार मार्फत वीरगञ्जको गरिमालाई समेत बढाएको कुरा भारतको गुजरातबाट आएका हिरा व्यापारी अमन कुमार बताउंछन् ।
त्यस्तै प्रतिक्रिया क्नाडाबाट आएका ग्राहक रुस्लि चेभेगाको रहेको छ । वीरगञ्जलाई व्यापारीक नगरीको रुपमा चिनिन्छन् भने निकै ठूलो घरानाहरुले सञ्चालन गरेको कलकारखाना कार्यालय समेत वीरगञ्जमा रहेकोले त्यसलाई प्राविधिक सहयोग गर्न आउने प्राविधिकहरु समेत उत्कृष्ठ होटल अभावका कारण सिमराको इच्छा होटलमा बस्न जानुपर्ने बाध्यतालाई दियालो लर्डस्ले अन्त्य गरेको र आफू दियालो प्रति आकर्षित भएको पुनाका रत्नेश खोताबी बताउ“छन् ।
उता हालै मात्र वीरगञ्जमा खुलेको चाइनिज पसलका सञ्चालक चुचे छ्वाङ्ग आफू पसल बन्द गरेर हि“ड्नु परेपनि दियालो होटलमा वार्षिक एकपटक आएर बस्ने प्रतिक्रिया दिन्छन् । यसभेगमा बेलाबखत हुने अन्तर्राष्ट्रियस्तरको सेमिनारलाई समेत मापदण्ड अनुसारको गुणस्तरीय सेवा र सुविधा प्रदान गरेर दियालो होटलले छोटो समयमा व्यापार विस्तारमा समेत फड्को मारेको समाचार छ ।
एक अर्ब भन्दा बढीको लगानीमा खुलेको दियालो लर्डस्ले सम्भाव्यताको अध्ययन गरी क्रमश होटललाई अन्तर्राष्ट्रियस्तरको मापदण्ड अनुसार चलाउने गरी लगानी थप्दै गरेको कुरा सञ्चालकहरु बताउ“छन् । नेपालको प्रवेशद्वार वीरगञ्जमा राष्ट्रियस्तरको सम्वाद एवं गोष्ठी र सेमिनारको आयोजना गर्न उत्कृष्ट होटलको अभावका कारण हिच्किचाइरहेका आयोजकहरुलाई समेत अब निर्धक्कस“ग त्यस्ता कार्यक्रम सम्पन्न गर्न दियालो लर्डस्ले मार्ग प्रशस्त गरेको समेत बताउन थालिएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here