गद्रौलमा हाजरि जवाफ प्रतियोगिता सम्पन्न

0
61
Ad_Article_Top
Share


वीरगंज, मंसिर ४
युनिसेफ नेपालको सहयोग र बिन्दवासनी गाँउपालिकाको आयोजनामा आज गद्रौल स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएकोछ । विश्व चर्पी दिवस तथा अन्र्तराष्ट्रिय बाल दिवसको अवसर पारेर बिन्दवासनी गाँउपालिकावडा नम्बर १ गद्रौलमा सो हाजरि जवाफ प्रतियोगिता सम्पन्न भएको हो । बिद्यालयका प्रधानाध्यापक रामचन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा धर्मेन्द्र चौवे, समाजिक बिकाश शाखा प्रमुख रामप्रवेश साह, शिक्षक ,बिद्यार्थी लगायतको उपस्थ्तिी रहेको थियो । चारवटा समुह बनाई भएको प्रतियोगितामा बिजय हुने बिद्यार्थीहरुलाई पुरस्कृति समेत गरिएको थियो । यसैगरी आजै सो बिद्यालयमा वृक्षा रोपन गरिएको छ । बिद्यार्थीहरुले बिद्यालयमा बिभिन्न प्रजातिका फुलका बिरुवाहरु रोपेको समाजिक शाखा प्रमुख रामप्रवेश साहले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here