प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा र वीरगंज नगर कमिटिका अध्यक्ष भोला कलवार बीच कुटाकुट

0
17
Ad_Article_Top
Share

वीरगंज,मंसिर ४
नेपाली कांग्रेस पर्साका प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा र वीरगंज महानगरपालिका नगर कमिटिका अध्यक्ष भोला कलवार बीच कुटाकुट भएको छ । वीरगंज नगरसभा गृह (टाउन हल) सम्बन्धित विषयलाई लिएर विवाद हुँदा बुधबार बिहान दुवै नेता विच कुटाकुट भएको हो । वीरगंज आदर्शनगरस्थित बब्लु टि स्टलमा टाउन हलको विषयलाई लिएर प्रदेश सांसद शर्मा र नगर अध्यक्ष कलवार बीच भएको भनाभन उग्र रुप लिए पछि कुटाकुट भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुवैजना उपचारको लागि नारायणी अस्पताल वीरगंजमा भर्ना भएका थिए । उपचार पछि प्रदेश सांसद शर्मा घर फर्के पनि कलवार थप उपचारको लागि काठमाण्डौ लगिएको छ । दुबैजना विच एक बर्ष पहिला देखी नै टाउन हलको बिषयमा विवाद हुदै आएको थियो । सोही विवाद आज उग्र रुप लिदा दुबै नेता विच कुटाकुट समेत भएको कांग्रेस निकट स्रोतले जनाएको छ । घटनामा पर्सा प्रहरी आधाघण्टापछि पुगेको थियो । पहिलोचरणको विवादमा प्रहरी उपरिक्षक सोभेन्द्र सिंह राठौरलाई जानकारी गराएको तर कल्वार पक्षिय युवाहरु आएर आफुमाथी आक्रमण गरेर गएको आधाघण्टापछि प्रहरी घटनास्थलमा पुगेको प्रदेशसभा सदस्य शर्माले बताउनुभयो । शर्माले कल्वार विरुद्ध पर्सा प्रहरीमा लिखित मुद्दा दायर गर्नुभएको छ ।
वीरगंज ४ मंसिर

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here