शिक्षक अभावको कारण सामुदायिक बिद्यालयको पठनपाठनमा समस्या – प्र.अ रबिन्द्र गिरी

0
205
Ad_Article_Top
Share

वीरगंज, मंसिर ४
श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय खुटवा जब्दीका प्रधानाध्यापक रविन्द्र गिरीले सामुदायिक बिद्यालयमा शिक्षक अभावका कारणले गुणात्मक शिक्षा दिन नसकिएको बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्र्दभमा कुरागर्दै प्र.अ गिरीले सरकारी बिद्यालयले अहिले पनि निजि बिद्यालय भन्दा बढि गुणत्मक बिद्यार्थी उत्पादन गरिरहेको बताउनुभयो । उहाँले सामुदायिक बिद्यालयका बिद्यार्थीहरु घोकन्ते नभई स्वअध्ययन गर्ने हुनाले बढि गुणात्मक हुने गरेको बताउनुभयो । उहाँले भौतिक पुर्वाधार बिकाश भए पछि गुणात्मक शिक्षा नआउने बताउदै त्यसका लागि शिक्षक आवश्यक पर्ने बताउनुभयो । बिद्यार्थीको अनुपातमा शिक्षक नहुनु सामुदायिक बिद्यालयको मुख्य समस्या भएको बताउनुभयो । उहाँले देश बिकाशको लागि शिक्षाको बिकाशमा जोड दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानियत तहमा शिक्षा ऐन बारे स्पष्ट नहुदाँ पनि समस्या भएको बताउनुभयो । उहाँले सरकारले बिद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको बताउदै जनप्रतिनिधिले बिद्यालयमा राजनितिक गतिबिधि संचाल्न गरिदिदा समस्या हुने गरेको बताउनुभयो । उहाँले बिद्यालयको बिकाशको लागि प्रसौनी गाँउपालिका वडा नम्बर ४ खुटवा जब्दीका सवै राजनितिक दल एक भएर अघि बढेकोमा प्रंशासा गर्नुभयो । उहाँले प्र्रदेश नम्बर २ मै खुटवा जब्दीको शैक्षिक वातावरण राम्रो रहेको बताउनुभयो । उहाँले निजि बिद्यालयको तुलनामा सरकारी बिद्यालयमा शिक्षक अभाव रहेकोले बिद्यार्थीको आर्कषण घटेको बताउनुभयो । सामुदायिक बिद्यालयका अभिभावकहरु प्राय गरिब भएकोले आफना छोराछोरीहरुलाई ध्यान नदिने गरेको बताउनुभयो । उहाँले बिद्यालयबाट छिटै नै निशुल्क सेनेटरी प्याड बितरण गर्ने जानकारी दिनुभयो । उहाँले खुटवा जब्दी स्कुलमा बिद्यार्थी अनुपातमा चर्पी र खानेपानीको अभाव रहेको बताउनुभयो । उहाँले बिद्यालयमा बिज्ञान प्रयोगशाला नभएको बताउदै बिद्यालयले प्रयोगात्मक नगरीकन शिक्षा प्रदान गरिरहेकोमा दुखेसो पोख्नुभयो । ।उहाँले कम्प्युटर शिक्षालाई प्रभावकारी बनाउन कम्प्युटर मर्मतको लागि बजेट छुट्याउन आग्रह गर्नुभयो । उहाँले शिक्षक र बिद्यार्थीबिच सुमधुर सम्बन्ध भए मात्र असल शिकाई हुने बताउनुभयो । उहाँले शिक्षालाई स्थानिय तहमा हस्तान्तरण गरेपश्चात स्थानिय तहलाई चुनौती थपिएको बताउदै गुणस्तरीय शिक्षाको लागि दक्ष शिक्षक नियुक्ति, प्रयोगशाला र भौतिक संरचनामा बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here