१ बर्षमा त्रिजुद्ध माविको कायापलट गर्ने प्रधानाध्यापक कुर्मीको प्रतिबद्धता

0
531
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगंज, ६ मंसिर

नेपालकै दोस्रो सामुदायिक विद्यालय त्रिजुद्ध महाविर प्रसाद रघुविर राम माध्यामिक विद्यालय अहिले बिगतको तुलनामा केही खस्एिको अवस्थामा छ । बिगतमा नेपालकै सबैभन्दा राम्रो नतिजा प्राप्त गर्न सफल विद्यालयमा अहिले शैक्षिक गुणस्तर खस्कनुका साथै विद्यार्थिको आकर्षण पनि घटेको पाइन्छ ।
कुनै बेला निजि विद्यालय भन्दा बढी आकर्षण रहेको विद्यालय अहिले फेरी पुन सुधारोन्मुख अवस्थामा छ । विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मीले अबको १ बर्ष भित्र पुन बिगतको जस्तै शैक्षिक गुणस्तर बृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम शिक्षा संवादमा कुराकानीको क्रममा प्रधानाध्यापक कुर्मीले खस्एिको शैक्षि गुणस्तरलाई सुधार गर्नका निम्ती आफुलाई वीरगंज महानगरपालिकाले त्रिजुद्धमा पठाएको हुँदा आफुले आफ्नो जिम्मेवारी निर्भिक रुपमा निर्वाह गर्ने जिकिर गर्नुभयो । नेपालकै दोस्रो सामुदायिक विद्यालयमा प्रधानाध्यापक को रुपमा काम गर्न पाउनु चुनौति भएपनि चुनौतिलाइ अवसरको रुपमा लिएको उहाँको भनाई छ ।
पुरानो विद्यालय भएको हुँदा भवन जिर्ण भइसकेकोले महानगरपालिकाले १ करोड ५० लाख बजेट छुट्याएको प्रअ कुर्मीले बताउनुभयो । त्यसैगरी अतिरिक्त क्रियाकलाप अन्र्तगत हकी खेलमा त्रिजुद्ध स्कुलबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलमा समेत सहभागि भएर उत्कृष्ट प्रदर्शनी गरेको हुँदा अन्य क्रियाकलापमा पनि कम नभएको उहाँको दावि छ ।
वीरगंज महानगरपालिकालाई शैक्षिक हब बनाउन को निम्ती पनि विद्यार्थिको क्षमताको मुल्यांकन गरेर शिक्षण सिकाई हुनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।
साथै प्राविधिक शिक्षा तर्फ पनि निशुल्क रुपमा पढाई भइरहेको हुँदा बिद्यार्थिहको आकर्षण बढेको बताउनुभयो । त्रिजुद्धमा सिभिल र नृसिँह माविमा कम्प्युटर पढाई भइरहेको बताउँदै प्रअ कुर्मीले सबै विद्यालयमा प्राविधिक शिक्षा संचालन गर्न सक्यो भने पनि नेपालको शैक्षि क्षेत्रले अपेक्षित रुपमा बिकास हुने तर्क उहाँले गर्नुभयो ।

https://www.facebook.com/surya.sun.5454021/videos/152563159427327/?t=5
Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here