अनुत्पादक क्षेत्रको लगानी व्यर्थ, गूरुयोजना बनाएर बिकास निर्माण गर्नुपर्ने : प्रमुख पाल

0
172
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगंज, ६ मंसिर

बाराको बिश्रामपुर गाउपालिकाका योजना शाखाका प्रमुख दिपकलाल पाल
ले जनताको अपेक्षा अनुसार बिकास हुन नसकेको स्वीकार गर्दै निरन्तर बिकासमा खटिरहेको बताउनुभयो ।
स्थानिय तहमा बजेट अनुत्पादक क्षेत्रमा खर्च भएको हुँदा यस्ता किसिमका लगानीलाई अन्य उत्पादक क्षेत्रमा लगाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम बिश्रामपुर गाउपालिकाको बिकास अभियानमा कुराकानी गर्दै उहाँले हरेक टोलमा सडक तथा नालाको बिकासलाई प्राथमिकता दिएको बताउनुभयो ।
खासगरी हिलो धुलोको समस्याबाट मुक्ती पाउनका लागि सडक, नाला तथा बाटो निर्माणमा जोड दिएको उहाँको भनाई छ । बिकास निर्माणमा एक्लैले सम्भव नहुने हुँदा जनप्रतिनिधि, कर्मचारी, स्थानिय तथा सन्चारकर्मी लगायतको समन्वयमा मात्रै बिकास सम्भव हुने उहाँको धारणा छ ।
त्यसैगरी शिक्षाको क्षेत्रमा सामुदायिक विद्यालयको शैक्षिक स्तर पनि सोचे अनुरुप र खर्च गरे अनुसारको शिक्षा प्रदान गर्न नसकेको बताउनुभयो । सरकारले नै जारी गरेको राष्ट्रिय शिक्षा नितिलाई पनि जोड तोडका साथ कार्यन्वयन गरी गुरु योजना बनाएर गर्न सक्यो भने शिक्षा क्षेत्रले फड्को मार्ने उहाँले बताउनुभयो ।
सडक, नाला का साथै शिक्षा, स्वास्थ्य लगातका क्षेत्रमा पनि नियमित अनुगमन का साथै बिविध सचेतना मुलक कार्यक्रम गर्नुपर्ने उहाले बताउनुभयो । सोचे अनुसारको बिकास नहुनुमा कर्मचारीको दरबन्दी, भौतिक स्रोत साधनको कमी लगायतका कारण रहेको हुँदा त्यस्ता समस्याहरुको समाधान गर्न पहल गर्ने उहाँले बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here