महुवनमा नेकपाको वृहत भेला सम्पन्न,उदयशंकर रौनियारलाई जिताउन निर्णय

0
84
Ad_Article_Top
Share

वीरगंज,मंसिर ९
महुवनमा नेकपाको स्थानिय कार्यकर्ताहरुको वृहत भेला सम्पन्न भएको छ । महुवन सोलखपुर र बलुवा लगायतका सयौं कार्यकर्ताहरुको भेलाले आउदो १४ गते हुन लागेको उप निर्वाचनमा वडा अध्यक्ष पदमा नेकपाका उम्मेदवार उदयशंकर रौनियारलाई जिताउने सर्व सहमत निर्णय गरेको छ । भेलामा संबिधान सभा सदस्य एवं नेकपा पर्साका नेता राजकुमार गुप्ताले गरिव, विपन्न एवं मधेसी समुदायको हितमा नेकपा नेतृत्वको सरकारले काम गर्ने हुनाले उदयशंकर रौनियारलाई जिताउन आवश्यक रहेको बताउनुभयो । उहाँले महिला , बालबालिका ,वृद्धवृद्धा एकल महिला जनजाति दलित पिछडिएका वर्ग लगायतको जिवन स्तर सुधार गरेर ग्रामिण बिकाशलाई आफना उम्मेदवारले टेवा पुरयाउने हुनाले महुवन, बलुवा र सोलखपुर लगायत वडाका सवै मतदाताले सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा नेता तेजप्रकाश निषाद,संजिव मिश्र,यशवन्त यादव, धुरुप प्रसाद, गौरीशंकर गुप्ता, हनिफ मियाँ लगायतकाले उपचुनाव नेकपाको प्रतिष्ठाको बिषय भएकोले जिताउन आग्रह गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार उदयशंकर रौनियारले आफु जनताको सेवा गर्नको निम्ति चुनावी मैदानमा उत्रिएकोले सेवा गर्ने अवसर प्रदान गर्न आग्रह गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here