मलेसियामा रहेका बाराका एक युवकको दुखद घटना ।

0
52
Ad_Article_Top
Share

बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर -२२ ब्रह्मपुरी निवासी दिपक साहको मलेसियामा दुखद घटना भएको छ ।

मलेसियाको मल्लका राज्यमा रहेको YHI नामक कम्पनी काम गर्दे अाएका साहको सोमबारका राति मेशिनको पाटपुर्जा बनाउने मेशिनमै परि दाहिना हात गुमाएको मलेसियाबाट समाचार प्राप्त भएको छ।रगत बढी बगेकोले उहाँलाई अस्पतालको अाकस्मिक कक्षमा राखेर उपचार भईरहेको स्रोतले जानकारी दिएका छन् ।

YHI का कम्पनीले उपचार गराईरहेको र उहाँ अवस्था चिन्ताजनक नरहेको बताईएको छ ।यसबारे मलेसियामा रहेका नेपाली राजदुतावास र राजदुतलाई जानकारी गराईसकेको बताईएको छ ।

खाडी मुलुक मध्ये नेपालबाट सबैभन्दा बढी नेपाली यूवा कामदार रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका छन् ।

मेशिनको पाट पुर्जा बनाउने मेशिनमै रोलर जस्तै भएको मशिनमा परि साहको दाहिने हात चपाएका थिए ।

बाराको १६ स्थानीय तह मध्ये अनेकन गाउँबाट मलेसिया लाखौंको संख्यामा पुगेको मलेसियामा सञ्चार क्षेत्रमा काम गरिरहेका सञ्चारकर्मीहरुले बताएका छन् । घाइते साह काम गर्ने नजिकै बाराका धेरै यूवा कामदार काम गरिरहेकोले साहको बारे कुनै चिन्ता नलिनुपर्ने मलेसिया रहेका नेपाली यूवा कामदारले बताए ।

यो घटना मलेसियामा पहिलो होइन तर बाराबाट यस्तो घटनामा पहिलो चोटि पर्न गएको बताईएको छ ।नेपाली राजदुतले पनि चासो लिएर काम गर्नुपर्ने समय अाएको मलेसियामा धेरै दिनदेखि रहेका नेपाली मजदुर यूवा कामदारले बताए उहाँको शिघ्र स्वास्थ्य लाभको कामना ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here