नेपाली काँग्रेजसका उपसभापति बिमलेन्द्र निधिद्वारा सिवर्वामा कुस्ती प्रतियोगिता उद्घाटन

0
162
Ad_Article_Top
Share :

वीरगंज,मंसिर ११
पर्साको पोखरीया नगरपालिका वडा नम्बर ९ सिवर्वामा आज जय पोखरीमाई विशाल कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । वडा अध्यक्ष रामबाबु चौहानको अध्यक्षतामा भएको कुस्ती प्रतियोगितालाई नेपाली काँग्रेसका उपसभापति एवं पुर्वगृहमन्त्री बिमलेन्द्र निधिले उदघाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका निधिले कुस्ती प्रतियोगितालाई जिवन्त राख्न स्थानित तहरुमा यस्ता प्रतियोगिताको आयोजना जरुरी रहेको बताउनुभयो । उहाँले कुस्ती खेल मधेशको मौलिक खेल भएको बताउदै यस खेलको संरक्षण गर्न सरकारको दायित्व रहेको बताउनुभयो । उहाँले पोखरीया र यस क्षेत्रको बिकशको लागि नेपाली काँग्रेस सदैव तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदि, नेताहरु सुरेन्द्र चौधरी, नेकपाका नेता प्रद्युमन चौहान, रामेश्वर रौनियार,अनिल रुगंटा, राजपा नेपालका सहमहासचिव नेजामुदिन समानी, प्रदेश सभा सदस्य राजेश्वर साह तेली,जर्नादन क्षेत्री श्याम पटेल, मेयर दिपनारायण रौनियार ,निलम्बित सांसद हरिनारायण रौनियार,वडा अध्यक्ष सोनालाल साह ,किसोरी साह, लक्ष्मण साह ,अजय गुप्ता, वंका राउत कुर्मी लगायतको ल्गायतको सहभागिता रहेको थियो ।

प्रतियोगिता नेपाल र भारतका नामी पहलवानहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा हेलिकप्टरबाट नगर भित्र पुष्प बर्षा गरिएको थियो । प्रतियोगितामा वडा नम्बर ९ का स्थानिय युवा गोलु आलमले ६ हजार पाँच सय बोतल निशुल्क पानी बितरण गरेका थिए । कार्यक्रममा अतिथीहरुलाई स्थानिय अफताब आलमले स्वागत गरेका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here