जतिय बिभेद मुक्त राष्ट्र घोषणामै सिमित, १८ बर्ष बित्दा समेत उपलब्धी शुन्य

0
328
Ad_Article_Top
Share :
meropathsala.com

सुर्य शुभचिन्तक
वीरगंज, ११ मंसिर

नेपाल राष्ट्रलाई वि सं २०६८ सालम पुर्ण रुपमा जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा गरे पनि अहिले सम्म कार्यन्वयन हुन सकेको छैन । घोषणा भएको १८ बर्ष बित्नै लाग्दा पनि अहिले सम्म खासै उपलब्धी भएको पाइदैन ।
अँझै पनि ग्रामीण क्षेत्रमा मात्रै नभएर सहरमा समेत दलित भएकै कारण शोषित भएका थुप्रै उदाहरणहरु छन् । ति उदाहरणहरुको बारेमा लेख्न खोज्यो भने पनि लेखी सकिदैन ।
बिशेष गरी तराई मधेशमा जातिय छुवाछुत तथा भेदभावको विरुद्धमा आवाज उठाउन चुनौतिको विषय भएको बाराका दलित अधिकारकर्मी राजनारायण राम ले बताउनुभयो । आवाज एफ एम ८८ मेगाहर्जद्वारा प्रसारीत कार्यक्रम आवाज दलित संवादमा कुराकानी गर्दै दलित अगुवा रामले दलित समुदायको मुक्तीका लागि मन्दिर जानुका सट्टा विद्यालय जानुपर्ने धारणा राख्नुभयो ।
साथै उहाँले दलितहरुको राजनितिक शसक्तीकरणका लागि वडा र पालिकामा आरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश न. २ मा २८ प्रतिशत जनसंख्या ओगटेको दलित समुदाय अँझै पनि राजनितिक क्षेत्रमा न्युन पहुँच रहेको उहाँको भनाई छ ।
भर्खरै प्रदेश न. २ को सरकारले पारित गरेको दलित शसक्तिकरण विद्येयकले दलित समुदायमा केही आशा पलाएको हुँदा यथाशिघ्र सो विद्येयकलाई कार्यन्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भुमिहिन दलित समुदायलाई भुमि दिनुपर्ने, दलित समुदायको शैक्षिक अवस्था सुधार गर्नुपर्ने, रोजगारको व्यवस्था गर्न सके दलित समुदायको जिवनस्तर उकास्न सकिने बिचार ब्यक्त गर्नुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here