भिजन बिनाका जनप्रतिनि हुँदा बिकासमा पछि पर्यो प्रमुख प्रशासकिय अधिकृत पाल

0
297
Ad_Article_Top
Share

वीरगंज, ११ मंसिर

बाराको फेटा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत वकिल पालले पारदर्शिता र सुशासन कायम गर्नका लागि खटिरहेको बताउनुभएको छ । आवाज एफ एम ८८ मेगाहर्जको कायक्रम स्थानिय तहको गतिविधिमा कुराकानी गर्दै पालले सुचनाको हक जनताको नैसर्गिक अधिकार भएकोले बिकास निर्माण तथा सेवा प्रबाहका बिषयमा सुचना माग गर्न स्थानिलाई आग्रह गर्नुभयो । त्यसैगरी सेवाग्राहीलाई सेवा दिन कन्जुस्याई नगरेको हुँदा सेवा प्रबाहमा अवरोध गर्ने तत्वहरु विरुद्ध शसक्त रुपमा उत्रिने समेत उहाँको भनाई छ । फेटा गाउपालिकामा बिकास निर्माणका साथै शिक्षा, स्वास्थ्य लगायतका बिकासका पुर्वाधार निर्माणमा पनि तिव्र गतिमा भइरहेको बताउनुभयो । साथै जनप्रतिनिधिहरुले ऐन कानुन नबुझ्दा कानुन बिपरित काम सन्चालन गर्न कठिनाई हुने गरेको उहाँले बताउनुभयो । विविध किसिमका काम कारवाहीमा जनप्रतिनिधि र कर्मचारी बिच समन्वय नमिल्दा कर्मचारीलाई दवाव दिने गरेको उहाँको गुनासो छ । स्थानिय तहका जनप्रतिनिधिहरु भिजन नभएको कारण तथा गुरुयोजना नबनाउँदा जनताले अपेक्षा गरेको जस्तो बिकास नभएको उहाँले बताउनुभयो । जनप्रतिनिधि र कर्मचारीको समन्वय बिना समृद्धी हुन नसक्ने हुँदा तालमेल मिल्नुपर्ने आवश्यक्ता पनि उहाँले औल्याउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here