गाउपालिकाको बिकासका लागि ४ घण्टा सुतेर २० घण्टा काम गर्दैछु : अधयक्ष पाल

0
306
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगंज, १२ मंसिर

बाराको बिश्रामपुर गाउपालिकाका अध्यक्ष अमिरीलाल पालले बिश्रामपुर गाउपालिकामा ऐतिहासिक बिकास भएको दाबी गर्नुभएको छ । बिश्रामपुर गाउपालिकामा ८ हजार मिटर सडक र ९ हजार मिटर नाला निर्माण गरिएको उहाँको भनाई छ ।
आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम बिश्रामपुर गाउपालिकाको अभियानमा बोल्दै अध्यष पालले शैक्षिक क्षेत्रको बिकासलाई प्राथमिकता दिएको बताउँदै शिक्षामै बढी लगानि गरिएको बताउनुभयो । साथै उहाँले चुनावताका बेला गरेको बाचा पुरा गर्न पछि नहट्ने बताउनुभयो ।
बोरा ओछ्याएर पढ्न बाध्य विद्यार्थिहरुका लागि बेन्च, डेस्कको व्यवस्था गर्नुका साथै, विद्यालय भवन निर्माण, छात्राहरुलाई साइकल बितरण लगायतका थुप्रै क्षेत्रमा बिकास भइरहेको बताउनुभयो । गाउपालिकामा अहिले ३ वटा मावि सन्चालनमा रहेको बताउँदै अध्यक्ष पालले अब चाँडै ५ वटा मावि सन्चालन गर्ने तयारी रहेको बताउनुभयो ।
त्यसैगरी उहाँले स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनिय बिकास भएको बताउँदै अहिले सम्म कुनै गुनासोहरु नआएको बताउनुभयो । कृषि क्षेत्रमा पनि आफ्नै नेतृत्वमा अनुगमन गर्दै बिभिन्न क्षेत्रमा तार, बोरींग लगायतका सामाग्री बितरण गरिएको बताउनुभयो । प्रदेश न. २ लाई नै अन्नको भण्डार भनेर चिनिने हुँदा यसको बिकासमा यान्त्रिकिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
राज्यले आवश्यकता अनुसार कर्मचारी नदिँदा सेवाग्राहीको काममा समस्या हुने गरेको हुँदा कर्मचारीको पदपुर्ति गर्न पनि उहाँले राज्यलाई आग्रह गर्नुभयो । गाउपालिकाले गरेको सबै भौतिक पुर्वाधारको बिकासमा कुनै पनि गुणस्तरहिन सामाग्री प्रयोग नगरिएको उहाँले ठोकुवा गर्नुभयो ।
२४ घण्टामा ४ घण्टा सुतेर २० घण्टा काम गरेको हुँदा जनताहरु सन्तुष्ट भएको हुँदा जनताको सन्तुष्टी नै आफ्नो खुशी भएको धारणा उहाँले राख्नुभयो । एक घर एक कल कार्यक्रम अन्र्तगत हाल सम्म ४ सय कल बितरण गरिएको बताउँदै जनताको मुस्कान, बिकासको अभियान भन्ने नारासहित सेवा प्रवाह तथा जनताको सेवामा अनवरत रुपमा लागिपरेको उहाँले बताउनुभयो ।
त्यसका साथै आगामी दिनमा निशुल्क रुपमा ग्यास चुल्हा बितरण गरिने योजना पनि ल्याउने प्रयास थालिएको बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here