बारा जिल्लामा स्थानीय जातको माछा लोप हुदै

0
14
Ad_Article_Top
Share

बारा जिल्ला माछाको क्षेत्र अात्मनिर्भर बन्दै गएपनि स्थानीय जातको माछा लोप थालेकोमा बाराबासी चिन्तित बन्न थालेका छन् । बारा जिल्ला देश भरिमै माछाका लागि प्रख्यात जिल्ला भएपनि स्थानीय जातको माछाले झन माथि पुगाएको माछा व्यवसायीको भनाइ रहेको छ ।

बर्षौदेखि स्थानीय जातको माछा ककडी प्रसौना बजारमा बेच्दै अाएकी प्रसौना कि टैटी माझी स्थानीय जातको माछा टेगरा ,पोटिया ,छिलवा अब पाउन मुश्किल भएकोले पेशा नै धरापमा परेको बताईन।पहिला पहिला ३/४ किलो सम्म पाउथ्यो अहिले मुश्किलले २५०/३०० ग्राम पाईरहेको स्थानीय माछा व्यवसायी माझीले बताईन ।

बाराको ककडी ,प्रसौना ,कोल्हबी ,बेलवा ,बाराबजार ,धोधरपा ,नरही ,मधुवन ,बोधवन लगायतका ठाउँमा सहज ढंगले स्थानीय जातको माछा पाउने गरेको उपभोक्ताहरुले बताएका छन् ।पहिला ४००/५०० रुपैया प्रतिकेजी रहेको माछा अहिले १०००/१२०० मो पुगेको शभ्मु चौधरी थारुले बताउनुभयो ।नेपालमा पाईने कमन कार्प ,सिल्भर ,बिगहेड ,ग्रास कार्प ,रोहु ,नैनी र भाकुर पनि सजिलोसँग पाउने गरेको बारागढीका नरेश चौधरीले बताउनुभएको ।

माछाको क्षेत्रमा धेरै दिनदेखि काम गर्दे अाउनु भएको जिउँदो माछाका दाता एवम् जिउँदो माछा व्यवसायीसंघका केन्द्रीय अध्यक्ष जंगबहादुर साहले माछाको बारा जिल्ला सुपर जोन भएपनि सोचे जस्तो काम नगरेकोले माछामा अगाडि भएपनि चाहे जति प्रगति गर्न नसेको बताउनुभयो ।

अहिले देशभरि जिउँदो माछाको खपत बढी रहेको र छडी माछाभन्दा खाने माछाको बढेकोले अपुग हुने गरेको अध्यक्ष साहको भनाइ रहेको छ। माछाको व्यवस्थापनमा कमि भएकोले मत्स्य किसान मारमा परेको यूवा नेता अशोककुमार यादवले बताउनुभयो ।

माछालाई अक्सिजनको कमि हुने बितिकै पानीको सतहमा मुख ल्याई प्याक प्याक गर्ने र एकचोटि धेरै माछा मर्ने सम्भावना भएकोले सतर्क रहन कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताउनुभयो ।

पोखरीमा रहेको पानीमा फाईटो -प्लाङ्कटन र अन्य प्राणीले सास लिदा अक्सिजनको कमि हुने गरेको ज्ञान केन्द्र बाराका प्रमुख यादवको भनाइ रहेको छ । माछा गाउँले प्रख्यात बोधवन १२०० भन्दा साना ठूला पोखरा छन् ।

बारामा १०दशौ हजार भन्दा बढी पोखरा भएको भएपनि समुचित ढंगले माछामा लगानी लाग्दा माछा खेती गर्न समस्या रहेको मत्स्य किसान गगनदेव कुशवाहा बताउनुभयो । २०७२ सालमा माछाको अध्ययन अनुसन्धान तथा निरिक्षण गर्दा बारा जिल्ला देश भरिमा पहिलो नम्बरमा परेका थिए । माछाको सुपर जोन बारामा भएकोले सबै मिली माछा खेतीमा अात्मनिर्भर बन्ने बेला अाएको मत्स्य क्षेत्रमा लागेका जानकारहरुले बताउनुभयो ।

माछाको बारामा बजारीकरणको समस्या पनि रहेको माछा व्यवसायी उमेश सहनीले बताउनुभयो । भनेर बाराबाट हाम्रा सहकर्मी अजय यादव वियोगीले जानकारी दिएका छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here