ए एच एफ को सक्रियता, एच आइ भि संक्रमीतहरु पनि स्वस्थ सन्तान जन्माउन सक्षम

0
104
Ad_Article_Top
Share

सुर्य शुभचिन्त्क
वीरगंज, १३ मंसिर

वीरगंजको नारायणी अस्पताल अन्र्तगत ए आर टी सेन्टरको आयोजनामा आज यस क्षेत्रमा एच आइ भि एड्सको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नारायणी अस्पतालको सभाहलमा भएको अन्तरक्रीया कार्यक्रममा छाला तथा यौन रोग बिशेषज्ञ तथा बरिष्ट कन्सलटेन्ट एवम् ए आर टि प्रतिनिधि डा. अतुलेस कुमार चौरसिया, डा. मनोज गुप्ता, वीरगंज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक बिकास शाखाका प्रमुख अरुण कुमार महतो, विजामका अनुमगन तथा मुल्यांकन अधिकृत निरज साह, बिजामका परियोजना संयोजक आश्मा दहाल, नेपाल आरधना समाज, बारा प्लस, निल हिरा समाज लगायतका संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा छलफलको क्रममा वीरगंज महानगरपािलकाका स्वास्थ्य तथा सामाजिक बिकास शाखा का प्रमुख अरुण कुमार महतोले वीरगंजमा ए एच एफ ले खेलेको भुभिकाको सह्राना गर्दै आगामी दिनमा पनि यसले निरन्तरना दिनुपर्नेमा जोड दिनुभयो । साथै ए एच एफ को परियोजना अनुसार अहिले एच आइ भि संक्रमीतहरुले पनि स्वस्थ सन्तान जन्माउन सफल भएको चर्चा गर्दै ए एच एफलाई धन्यवाद दिनुभयो ।

एआरटीका जिम्मेवार व्यक्त्ति डा. अतुलेश चौरसियाले सिमा क्षेत्रमा एचआईभी संक्रमण बढी फेला पर्ने गरेकाले सावधानी अपनाउनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।
सो अवसरमा एड्स हेल्थकेयर फाउण्डेशन (ए एच एफ) का पर्सा जिल्ला प्रतिनिधि आशिस गुरागाईले प्रस्तुत गर्नुभएको तथ्यांक अनुसार वि स. २०६२ सालदेखी हाल सम्म ११ सय ९० जना एच आइ भि संक्रमित हरुलाई सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी हाल २७८ जना पुरुष, ४२४ जना महिला, २२ जना तेस्रो लिंगी तथा ५१ जना बालबालिका गरी ७७५ जना एच आइ भि संक्रमीतहरु उपचाररत रहेको उहाँले बताउनुभयो ।

जिल्ला प्रतिनिधि गुरागाई ले ८९ जना पुरुष, १३७ महिला, २ जना तेस्रो लिंगी र २० जना बालबालिकाले नारायणी अस्पताल बाहेक अन्य जिल्लाबाट सेवा पाइरहेको जानकारी गराउनुभयो । हालसम्म ३५ जना पुरुष, ८० जना महिला, २ जना तेस्रो लिंगी र १ जना बालबालिका गरी ११८ जनाको मृत्यु भएको तथ्यांक कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

अहिले सम्म ४९ जना सम्पर्कमा नरहेको पनि तथ्यांकमा उल्लेख गरिएको छ । यसका साथै यसमा बिभिन्न किसिमका संघ संस्थाहरुको प्रयासमा अहिले जिल्लामा सुधार भएको र आगामी दिनमा पनि सबैको सक्रियतामा एचआई भि संक्रमितको संख्या घटाउन सकिने तर्फ बक्ताहरुले जोड दिएका थिए ।

विश्व एड्स दिवसको अवसरमा विद्यार्थिहरुलाई एच आइ भि एड्को बारेमा जनचेतना अभिबृद्धि गर्ने अभिप्रायले बक्तृत्वकला प्रतियोगिताको आयोजना गर्नुका साथै स्थानिय स्तरमा एच आई भि परिक्षण शिविरको आयोजना गरि नया फेला परेकाहरुको गोपनियताका साथ उपचारको पहुँचमा पुर्याउने लगायतका कार्यक्रम पनि गर्ने जिल्ला प्रतिनिधि गुरागाईले बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here