महुवनमा शान्तिपुण निर्वाचन सम्पन्न, ८२ प्रतिशत मतदान

0
76
Ad_Article_Top
Share

वीरगंज, मंसिर १४
पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर ५ महुवनको उपनिर्वाचन आज कडा सुरक्षाको बिच शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय महुवनको प्राङ्गणमा बिहान ७ बजे देखि शुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो । महिला ९ सय १७ र पुरुष एक हजार २ सय ११ गरी जम्मा २ हजार एक सय २८ मत खसेको निर्वाचन अधिकृत अच्छे कुमार दनुवारले जानकारी दिनुभयो । । २ हजार ६ सय २ मतदाता मध्ये ८२ प्रतिशत मतदान भएको अधिकृत दनुवारले बताउनुभयो । मतदान केन्द्रलाई पहिलो चरणमा जनपथ प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना गरी तिन तहका सुरक्षा निकायले सुरक्षा दिएका थिए । वडाध्यक्षको लागि भएको उपचुनावमा नेकपाबाट उदयशंकर, नेपाली कांग्रेसबाट अशेसर यादव, समाजवादी पार्टीबाट रुपलाल यादव, राप्रपाबाट सदरी महरा र स्वतन्त्र उम्मेदवार गोपाल साह कानु गरी ५ जना चुनावी प्रतिस्पर्धामा छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here