वीरगंज जेसिसको ४७ औं सधारण सभा सम्पन्न, बर्ष २०२०को अध्यक्षमा जेसी मुकेश सिंह चयन

0
311
Ad_Article_Top
Share

वीरगंज मंसिर १४,राकेश साह
वीरगंज जेसीसको ४७ औं सधारण सभा आज सम्पन्न भएको छ । वीरगंज जेसी सचिवालयमा सम्पन्न सधारण सभामा महासचिव जेसी रंजन राउतले बर्ष २०१९ को प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो भने कोषाध्यक्ष जेसी टंकराज ढकालले बर्षभरिको आयव्यय सार्वजनिक गर्नुभएको थियो । आजै सम्पन्न सधारण सभाले सर्वसहमतिले बर्ष २०२०को लागि नयाँ नेतृत्व समेत चयन गरेको छ । सधारण सभाले बर्ष २०२०को लागि जेसी मुकेश सिंहको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । नव गठित समितीको कार्यकारी उपाध्यक्षमा जेसी अजय चौधरी, जेसी मुकेश गुप्ता, उपाध्यक्षमा जेसी अरबिन्द श्रेष्ठ, जेसी त्रिलोकीनाथ साह, जेसी बिजय अग्रवाल जेसी अजय साह, कानुनी सल्लाहकारमा जेसी रबिन्द्र श्रेष्ठ, कोषाध्यक्षमा जेसी प्रेमचन्द पटेल, महासचिव जेसी अमृत गौरोलाई चयन गरेको छ । नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन पुस २७ गते हुने जेसी रबिन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here