रिकभरिंग नेपालद्वारा मेयर सरावगीलाई ज्ञापन पत्र

0
58
Ad_Article_Top
Share

वीरगंज, १५ मंसिर
रिकभरिंग नेपाल प्रदेश न. २ को प्रादेशीक कार्यसमितिले लागुऔषध नियन्त्रण र नियमन विद्येयकको सम्बन्धमा वीरगंज महानगरपालिकाका नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रादेशीक अध्यक्ष सन्तोष कुमार थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा लागु औषध नियन्त्रण सम्बन्धमा विश्वव्यापि रुपमा आएको सकरात्मक परिवर्तन लाई समय सापेक्ष र राज्य अनुकुल बनाउनका लागि स्थानिय स्तरमा पनि समेट्ने गरी कानुन निर्माणमा सघाउ पु¥याउन वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीलाई ज्ञापन पत्र बुझाइएको समितिका महासचिब गौरव वर्माले बताउनुभयो ।
लागु औषधलाई नियन्त्रण गर्न बनाइएको नमुना विद्येयकलाई गृहमन्त्रि तथा सम्बन्धीत निकायसमक्ष पु¥याई औपचारीक विद्येयक तयार पार्न बिज्ञप्ती मार्फत माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउने टोलिमा अध्यक्ष थापा, महासचिब वर्मा सँगै संयोजक मन्टु गिरी, सदस्य आयुष भुजेल लगायतको उपस्थिती रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here