देवतालको पिपरपाति र रम्पुर्वा जोड्ने गण्डक नहरमा निर्मित पुलको मन्त्रि सोनलद्वारा उद्धघाटन

0
169
Ad_Article_Top
Share

मोहन लाल पण्डित
वीरगंज, १५ मंसिर

प्रदेश न. २ का भौतिक पुर्वाधार बिकास मन्त्रि जितेन्द्र सोनलले २ नम्बर प्रदेश बिकास र समृद्धि तर्फ उन्मुख भएको बताउनुभएको छ ।
बाराको देवताल गाउपालिका वडा न. ७ पिपरपाति र रम्पुर्वा जोड्ने गण्डक नहरमा निर्माण गरिएको पुलको आज उद्धघाटन गर्दे प्रमुख अतिथि समेत रहनुभएका मन्त्रि सोनलले प्रदेश सरकारले गरेको बिकास निर्माणको मुल्यांकन गर्दै जनताले गलामा माला लगाएको बिकासको जिम्मेवारी दिएको टिप्पणी गर्नुभयो ।

कार्यक्रमका बिशिष्ट अथिति जिल्ला समन्वय समिति बाराका अध्यक्ष नवलकिशोर सिहं, देवताल गाउँपालिका अध्यक्ष चंदन सिहं, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजिव यादव, वडा नं ४ का अध्यक्ष मिस्री लाल सहनी, वडा नं ५ का अध्यक्ष लखिन्द्र यादव, वडा नं ६ का अध्यक्ष रामपुजन पण्डित, स्थानिय बुद्धिजिवि, समाज सेवी तथा स्थानियको उल्लेख्य उपस्थिति रहेको थियो ।
पुर्वधार विकास कार्यलय पर्साका प्रमुख संजय साहको साहको सभापतित्वमा सम्पन्न कार्यक्रको सहजिकरण राजपा बाराका प्रवत्ता अरुण सिहंले गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here