विश्व एड्स दिवसको अवसरमा ए एच एफको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

0
51
Ad_Article_Top
Share

सुर्य शुभचिन्त्क
वीरगंज, १५ मंसिर

एड्स दिवसको अवसरमा आज एड्स हेल्थकेयर फाउण्डेशनको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
वीरगंज पब्लीक कलेजको सभाहलमा भएको प्रतियोगितामा १२ जना छात्र छात्राले सहभागिता जनाएका थिए । कलेजका प्रधानाध्यापक हरी तुलाधरको सभापतित्वमा भएको प्रतियोगिताका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका स्वास्थय तथा सामाजिक बिकास शाखाका प्रमुख अरुणकुमार महतो, अन्य अतिथिमा जिल्ला स्वास्थ्य कार्यालयका अनिल सिँह, बिजामका निरज सिँह, आश्मा दाहाल, मुकेश गुप्ता, बिपिसी कलेजका अर्विन्द श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महतोले स्वास्थ्य क्षेत्र तथा एच आई भि एड्सको रोकथाममा विद्यार्थिहरुलाई प्रेरित गरी पब्लीक प्राइभेट पार्टनरसिप लाई बलियो बनाएर एच आई भि एड्सको क्षेत्रमा प्रशंसनिय काम गरेको भन्दै ए एच एफ लाई धन्यवाद दिनुभयो ।
एच आइ भि रोकथाममा विद्यार्थिको भुमिका भन्ने शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा स्वाती अग्रवाल प्रथम, आदिति गुप्ता द्वितिय र आदित्य साह तृतिय भएका छन् ।


प्रतियोगितामा नारायणी अस्पतालका डा. मनोज गुप्ता, नारायणी अस्पतालका ए आर टि बिभागीय प्रमुख सरिता श्रेष्ठ र ए एच एफ नेपाल पर्साका प्रतिनिधि आशिष गुरागाईँले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।

ए एच एफ प्रतिनिधि आशिष गुरागाईले कार्यक्रमलाई छोटो समयमै उल्लेखनिय उपस्थिती भएर भब्य रुपमा सफल बनाउन सहयोग गरेकोमा सम्पुर्णमा आभार ब्यक्त गर्दै आगामी दिनमा पनि यसैगरी हातेमालो गर्दै एच आई भि को क्षेत्रमा सरकारले लिएको लक्ष्य प्राप्तीमा सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको सहजिकरण बिपिसी कलेजमा अध्ययनरत छात्राद्वय अस्मिता श्रेष्ठ र साक्षी अग्रवालले गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here