अव प्रहरी कार्यालयमै उपचार कक्ष प्रभु हस्पिटल समाजकि कार्यमा लाग्यो

0
236
Ad_Article_Top
Share


प्रभु हस्पिटल बीरगंजले आजदेखि जिल्ला प्रहरी कार्यालय पर्सामा निशुल्क प्राथमिक उपचार कक्षको संचालन गरेको छ ।

उक्त कक्षमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी तथा अन्यको निशुल्क रुपमा प्राथमिक उपचार गरिने र त्यसको लागि स्वस्थ्यकर्मीको व्यबस्था समेत प्रभु हस्पिटलले नै गरेको कुरा डाक्टर मनोज कुमार गुप्ता बताउनुहुन्छ ।

कक्षको उदघाटन बीरगंज महानगरपालिकाको प्रमुख बिजय कुमार सरावगीले गर्नुभएको थियो । कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, नेपाल पत्रकार महासंघका सभापति श्याम बन्जारा, प्रेस संगठन नेपालका संयोजक निरज पिठाकोठे, समाजीक कार्यकर्ता दिलिप कार्की, पत्रकार संजिम मिश्र लगायतको सहभागिता रहेको थियो ।

अस्पतालले यस्ता समाजिक कामलाई निरन्तरता दिने कुरा अस्पतालकी लक्ष्मी खरेल बताउनुहु्न्छ । यसरी प्रहरी कार्यालय भित्र निजी स्वामित्वमा स्वास्थ्य कक्षा नेपालमै पहिलो पटक बिरगंजमा संचालनमा आएको कुरा जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here