धरानबाहेक सबै ठाउँको नतिजा सार्वजनिक : नेकपा २९ र कांग्रेस १२ ठाउँमा विजयी

0
20
Ad_Article_Top
Share

  

उपचुनाव भएका ५२ ठाउँमध्ये दुई ठाउँको मात्र नतिजा आउन बाँकी छ । धरान उपमहानगरपालिको प्रमुख र धरानकै वडा नं. ७ को वडाध्यक्षबाहेक अरु सबै ठाउँको मतपरिणाम सार्वजनिक भएको हो ।

दुई ठाउँको मतपरिणाम सार्वजनिक हुन बाँकी रहँदा सत्तारुढ नेकपा २९ र कांग्रेस १२ ठाउँमा विजयी भएका छन् । 

पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर ५ महुवनको वडा अध्यक्षमा समाजवादी पार्टीका रुपलाल यादब बिजयी भएका छन् । यादबले पन्जा छापमा १ हजार ३१ मत प्राप्त गरेर विजयी भएका हुन । उनले नेपाली कांग्रेसका अशेश्वर यादबलाई २ सय १२ मतले पराजित गरेका छन । नेपाली कांग्रेसका यादबले ८ सय १९ मत प्राप्त गरे।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका उदयशंकर रौनियाारले २ सयय ३२ मत प्राप्त गरेका छन् । यसैगरी बारा जिल्लामा बारागढ़ी गाउपालिका वडा नम्बर १ को वडाध्यक्षमा पनि समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका सुरेश चौधरीले ७४९ मत ल्याएर विजयी भए भने नेकपाका उम्मेदवारले ६७२ मत ल्याएका थिए ।

प्रतिनिधिसभातर्फ उपचुनाव भएको एक मात्र कास्की २ मा नेकपाले जित दोहोर्‍याएको छ । यसअघि रवीन्द्र अधिकारीले जितेको यो ठाउँमा यसपटक विद्या भट्टराई निर्वाचित हुनुभएको छ ।

प्रदेशसभाअन्तर्गत भक्तपुर १ (क) मा नेकपाले आफ्नो सिट गुमाएको छ । त्यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभातर्फ भने दाङमा नेकपाले र बागलुङमा राष्ट्रिय जनमोर्चाले जित दोहोर्याएका छन् ।

उपचुनाव भएको तीन गाउँपालिकाको अध्यक्षमा संखुवासभाको मकालुमा नेकपाले जित दोहोर्‍याएको छ । यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द र राजपाले जितेको महोत्तरीको पिपरामा पनि नेकपा विजयी भएको छ । एक प्रदेशसभा गुमाएको नेकपालाई दुई गाउँपालिकामा फाइदा भएको छ ।

एउटा गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा विजयी भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेकपा विजयी भएको हो । यसअघि यहाँ कांग्रेसले जितेको थियो ।

उपचुनाव भएको ४३ वडामध्ये कांग्रेस र नेकपाबीच केही स्थानमा साटफेर भएको छ । यसअघि कांग्रेसले जितेका ७ वडामा नेकपा र यसअघि नेकपाले जितेका ६ वडामा कांग्रेस विजयी भएको छ ।

प्रदेशसभामा जित दोहोर्याउन सफल राष्ट्रिय जनमोर्चाले यसअघि जितेको एउटा वडा चाहिँ गुमाएको छ । समाजवादीले यसअघिको दुईवटा वडा बढाएर चार पुर्‍याएको छ भने एउटा गाउँपालिका गुमाएको राजपाले दुईवटा वडामा जित दोहोर्याउँदै एउटा वडा थपेको छ ।

साझा र विकेकशील पार्टीले चर्चाअनुसार कहीँ पनि उल्लेखनीय मत ल्याउन सकेनन् । पहिलोपटक चुनावमा भाग लिएको सिके राउतको पार्टीको मत पनि नगण्य आयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here