महानगर गतिशिल छ, अब बिकाशको अनुभुति हुन्छ कर्मचारी र जनप्रतिनिधिको अपार संयोजनमा नगर चल्या छ – बस्नेत

0
20
Ad_Article_Top
Share

वीरगंज,मंसिर १६
वीरगंज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले स्थानिय सरकारले गरेको निर्णहरुलाई कार्यन्वयन गर्ने काम कर्मचारीको भएको बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्र्दभमा आज कुरा गर्दै प्रमुख प्रशासकिय अधिकृत बस्नेतले नेपाल सरकारको निति नियम कार्यन्वय गर्न मुख्य जिम्मेवारी कर्मचारीतन्त्र भएको बताउनुभयो । उहाँले स्थानिय तहमा सुशाषन स्थापित गर्न कर्मचारीको मुख्य भुमिका रहेको बताउनुभयो ।। जनप्रतिनिधि र कर्मचारी बिच समन्वय नभए सम्म स्थानिय तहले गति लिन नसक्ने उहाँको भनाई थियो । उहाँले ९ महिना भित्र वीरगंज महानगरले बिभिन्न उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले कर्मचारी समायोजनको कारण काम गर्न समस्या भएको महानगरपालिकाले कर्मचारी व्यवस्थापनमा बिशेष ध्यान दिएको बताउनुभयो । उहाँले वीरगंज महानगरपालिकाको आधि हिस्सा ग्रामिण भेगले ओगेटेकोले सो क्षेत्रमा बिशेष छुट भएकोले पनि सोचे जस्ता कर उठन नसकेको बताउनुभयो । उहाँले वीरगंजले बिस्तारै कर दायर बढाउदै लैजाने समेत बताउनुभयो । सार्वजनिक जग्गा खोजबिन समितमा कार्यपालिका सदस्यहरु भएको जानकारी दिदै त्यस समितिलाई गतिशिलि बनाउन प्रयास गरिने बताउनुभयो । सार्वजनिक ठाँउमा फोहर गर्नेलाई जरिवानाको व्यवस्था गरिएको बताउदै बिस्तारै कार्यन्वयन गरिने बताउनुभयो । बिकाश निर्माणमा उपभोक्ता समित, कर्मचारी, जनप्रतिनिधि सवैको सहयोग आवश्यक पर्ने बताउदै गुणस्तर निर्माणमा बिशेष ध्यान दिन सवैलाई आग्रह गर्नुभयो । कानुनी जटिलताका कारण ठेक्का व्यवस्थापनमा समस्या भएको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले बताउनुभयो । बिज्ञापन कर कार्यपालिकाबाट स्वीकृत भइसकेको बताउदै शर्त पालना नभए सम्झौता तोडिने बताउनुभयो ।एशियाली बैंकको आर्थिक सहयोगमा निर्माण आयोजनाहरुमा खासै गुणस्तरहिन कार्य नभएको बताउदै सम्झौता अनुसार कार्य नभए बजेट रोक्का हुने बताउनुभयो । उहाँले श्रीसिया नदी र ढलको सतह नमिलेको कारण डुवानको समस्या भएको बताउनुभयो । उहाँले दुई तिन बर्ष भित्र वीरगंज महानगरमा अनुभुति हुने गरी परिर्वतन आउने बताउनुभयो । वीरगंज महानगरभित्र तिव ग्रतिमा बिकाश निर्माणका कामहरु भएको जानकारी दिनुभयो । उहाँले नगरको बिकाशकाले कर्मचारी र जनप्रतिनिधिबिच समन्वय हुन जरुरी रहेको बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here