निर्बाचनमा गुमेको बिरासत फर्काउन प्रजिअ भट्टराईको चितवन सरुवा पर्सामा बस्नेत भाइले जिल्ला हांक्ने, तस्कर माफिया बृतमा खुशियाली

0
64
Ad_Article_Top
Share

वीरगंज, १७ मसिर
गत बर्षको मंसीर २० गते पर्साको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर आउनुभएका नारायण प्रसाद भट्टराइको एक बर्ष पुग्न ३ दिन बांकी हुंदा आज चितवन सरुवा भएको छ भने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत पर्सामा आउनु हुने भएको छ ।
हाल पर्सामा सहायक प्रमुख जिल्ला अधिकारी रुपमा कार्यरत ललित बस्नेत कार्यरत रहनुभएकोले द्ुबै दाजुभाई भएर अव पर्सा हांक्ने भएका छन । आज गृह मन्त्रालयले पर्सा लगायत अन्य ५ जिल्लाका प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ ।
अन्यत्र जहां जे भएपनि पर्साको चितवन जानु र चितवनको पर्सा आउनुको रहस्या भने अर्कै रहेको छ । चितवनमा हालै सम्पन्न भएको स्थानीय तहको निर्बाचनमा गत चुनावमा नेकपाले जितेको तीनवटै वडामा नेपाली कांग्रेसले जितेपछि त्यहां प्रशासनीक रुपमा सरकारलाई लोकप्रिय बनाउन चितवन प्रशासन चुकेको बुझाइ सरकारका सुप्रिमो प्रचण्डको रहेको छ ।
गृहमन्त्री पनि चितवनकै भएकाले दुबै नेताको गृह जिल्लामा सम्पन्न भएको निर्बाचनमा एक वडा पनि जित्न नसकेपछि गुमेको प्रतिष्ठा हांसिल गर्ने योजनाबद्ध बुझाइको रुपमा पर्साका प्रजिअ नारायण प्रसाद भट्राइलाई चितवन सरुवा गरिएको बताइन्छ ।
भट्राइको सरुवा संगै सीमावर्ती क्षेत्रका तस्कर, माफिया, कालोबजारीया, ठग निर्माण ब्यावसायीको अनुहारमा भने चमक आएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here