बार्वाछतैलीमा निशुल्क आँखा शिविर, ३ सय २९ जनाद्वारा आँखा परिक्षण, १ सय ६० जनामा मोतिया बिन्दु फेला

0
12
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगञ्ज, १८ मंसिर
: पर्साको पर्सागढि नगरपालिका वडा नं. ४ बार्वाछतैलीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिकाको मेयर कल्याणकारी कोष अन्तर्गत मातृका आई फाउण्डेसनबाट संचालित निशुल्क अँखा शिबीरमा ३ सय २९ जनाले आँखाको परिक्षण गराएको मेयरका राजनीतिक सलाहकार मुकेश द्विवेदिले वताउनुभयो । श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बर्वाछतैलीमा भएको शिविरमा १ सय ६० जनामा मोतिया बिन्द फेला परेको द्विबेदीले जानकारी दिनुभयो ।
शिबिरमा मोतियाबिन्द फेला परेकाहरुको शल्यक्रिया मंसिर २८ गते बिरगंजमा मातृका आई फाउण्डेसनमा तिलगंगा आँखा अस्पतालबाट आएको डाक्टरको टोलिबाट गरिने मेयरको निजि सचिवालयले जनाएको छ ।
शिबिरको उदघाटन नगर प्रमुख बिजयकुमार सरावगीले गर्नु भएको थियो । समाजवादी पार्टीका नगर अध्यक्ष खुर्सेद आलमको अध्यक्षतामा भएको शिबिरमा समाजवादी पार्टीका केन्द्रीय सदस्य शसिकपुर मियाँ, बृजमोहन चौधरी, जिल्ला अध्यक्ष रामनरेश यादव, मेयरका राजनितिक सलाहकार मुकेश द्विवेदी, पिन्टु उपाध्याय, ओसिर हवारी लगायतकाको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here