नानद्वारा आयोजित ३ दिने नर्सिंग शसक्तिकरण सम्बन्धि तालिम सम्पन्न

0
403
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगञ्ज, १८ मंसिर
: नेपाल नर्सिंग संघ (नान) पर्साद्वारा आयोजित प्रशंसनिय खोज तथा पेशागत संचारको सिप सम्बन्धी ३ दिने तालिम आज सम्पन्न भएको छ ।
नर्सिंग कर्मचारीको लागि शसक्तीकरण तथा स्वास्थ्य संस्थाको बिकासको बारेमा नर्सहरुलाई जानकारी गराउने तथा सेवा प्रति हौसला प्रदान गर्ने अभिप्रायले तालिमको आयोजना गरीएको नारायण्ी अस्पताल वीरगञ्जकी निमित्त मेट्रोन श्रुति साहले बताउनुभयो ।

नान पर्साकी निमित्त अध्यक्ष हेमा थापाको सभापतित्वमा भएको तालिममा ८० जना बिभिन्न स्वास्थ्य संस्थाहरुसँग आबद्ध नर्सहरुको सहभागिता रहेको थियो । नारायणी अस्पतालको सभाहलमा भएको तालिमको समापन समारोहलाई सम्बोधन गर्दै नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्टन डा. अतुलेश कुमार चौरासियाले नर्सहरु अस्पतालका मेरुदण्ड भएकोले नर्सहरुबिनाको स्वास्थ्य सेवाको कल्पना गर्न नसकिने धारणा राख्नुभयो ।

३ दिन सम्म चलेको तालिममा डा. रामचन्द्र लामीछाने र बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानकी प्राध्यापक डा. तारा थापाले सहभागिहरुलाई नर्सको जिम्मेवारी, स्वास्थ्य संस्थाप्रतिको उत्तरदायित्व, कामप्रति इमान्दारीता लगायका बिषयमा प्रशिक्षण दिनूभएको थियो ।
तलिममा नेशनल मेडिकल कलेज वीरगंजकी नर्सिंग डाइरेक्टर गंगा गुरुंग, वीरगंज नर्सिंग क्याम्पसकी क्याम्पस प्रमुख सुर्या कोइराला लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजिकरण वीरगंज नर्सिगं क्याम्पसकी उपप्राध्यापक जमुना भट्टराईले गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here