व्यवस्थित वीरगंज अभियानद्वारा प्रजिअ भट्टराईलाई विदाई

0
31
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगंज, १९ मंसिर

व्यवस्थित वीरगंज अभियानले आज पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइलाई सम्मान एवम् विदाई गरेको छ ।
पर्साबाट सरुवा भएर चितवन जानुभएका भट्टराईले वीरगंज बसाईको क्रममा वीरगंजको बिकास लगायत अन्य क्षेत्रमा खेलेको अहम भुमिकाको उच्च मुल्यांकन गर्दै सो अभियानले आज दोसल्ला तथा मायाको चिनो सहित सम्मान गरेको हो ।
व्यवस्थित वीरगंज अभियानका संयोजक दिलिपराज कार्की, ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक निर्मल पनेरु लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी भट्टराइले वीरगंज बासिले दिएको माया र वीरगंजको बसाई आफु जहाँ गएपनि स्मरण रहीरहने बताउनुभयो । साथै आफु जहाँ गएपनि वीरगंजको बिकासको निम्ति कटिबद्ध रहेको बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here