१६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा बिन्दवासनीमा हाजरी जवाफ प्रतियोगिता सम्पन्न

0
168
Ad_Article_Top
Share

वीरगंज, मंसिर १९,संजिव मिश्र
१६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस पर्साको बिन्दवासनी गाँउपालिकामा आज बिभिन्न कार्यक्रम गरी मनाइएको छ । बिन्दवासनी गाँउपाकिलाको कार्यलयबाट निस्केको जुलुस बहुअर्वाभाठा टोल परिक्रममा गरी गाँउपालिकाको नयाँ भवनमा कोणा सभामा परिणत भएको थियो ।यसैबिच दिवसको अवसरमा आज स्वयंसेबिकाहरु बिच हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । पालिका अन्र्तगत रहेका ३६ स्वयंसेविकाहरु बिच ४ वटा समुह बनाई हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा स्वास्थ्य चौकी बहुअर्वाभाठा प्रथम, स्वास्थ्य चौकी अमरपटी दोस्रो ,स्वास्थ्य चौकी झौवागुठी तेस्रो र स्वास्थ्य चौकी प्रसौनीभाठा चौथो पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नरेश चौहानले प्रथम हुने समुहलाई नगद २२५०,दास्रो हुनेलाई १८०० ,तेस्रो हुनेलाई १३५० र चौथो हुनेलाई नगद ९०० प्रदान गर्नुभएको थियो । कार्यक्रममा गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार साह, स्वास्थ्य शाखा प्रमुख नरेश प्रसाद चौहान, रामेश्वर चौरसिया, सोनालाल चौरसिया,रामप्रवेश साह लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here