जिपि फाउण्डेशनको विस्तारित बैठक सम्पन्न, मंसिर २७ गते वृहत खुल्ला रक्तदान गर्ने निर्णय

0
142
Ad_Article_Top

वीरगंज, मंसिर २०
गिरजा प्रसाद कोइराला फाउण्डेशन पर्साको बैठक आज सम्पन्न भएको छ । बैठकले फाउण्डेशनको जिल्ला कार्य समिती पुन बिस्तार गरेको छ । फाउण्डेशनका पर्सा सभापति महम्द साहबुदिनको अध्यक्षतामा बसेको बैठकले संतोष सिंह ,बाबुनन्द प्रसाद पटेल र मुकेश रौनियारलाई सदस्यमा मनोनित गरेको छ । त्यसैगरी बैठकले महानगरको संयोजकमा आकाश चौहानलाई मनोनय गरेको छ । बैठकले वीरगंज महानगर संगै जिल्ला भरी नै फाउण्डेशनको संगठन बिस्तार गर्ने निर्णय गरिएको जिल्ला सभापति महम्द साहबुदिनले जानकारी दिनुभयो । साथै बैठकले यहि मंसिर २७ गते बिहान ८ बजे देखि वृहत खुल्ला रक्तदान गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी बैठकले महानगरपालिका बिभिन्न वडाहरुमा कार्य समिती बिस्तार गरिने निर्णय गरिएको । बैठकमा फाउण्डेशनका सदस्य मनोहरकुमार साह,मिन्टु देवि सिंह, धिरज कुमार गुप्ता,दिलिपराज कार्की लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here