अस्वस्थ प्रतिस्पर्धा शैक्षिक हबको बाधक, अँझै पनि महिलाहरु शिक्षाको पहुँचमा छैनन् : प्रधानाध्यापक ओझैया

0
160
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगञ्ज, २० मंसिर
: जसरी घर बलियो हुनका लागी जग बलियो हुनुपर्छ, त्यसैगरी शिक्षा क्षेत्रलाई पनि बलियो बनाउन तथा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी शिशुकक्षालाई प्राथमिकता दिनुपर्ने हुन्छ । तर अहिलेको परिपेक्षलाई नियाल्ने हो भने शिशु कक्षा तथा मन्टेश्वरी लेभलको शिक्षालाई त्यति महत्वका साथ हेरिएको पाइदैन ।
पुर्व प्राथमिक शिक्षालाई गुणस्तर गराउनु चुनौति भएपनि चुनौतिको सामना गर्दै अगाडि बढेको बताउनुहुन्छ, वीरगंज पाठशालाकी प्रबन्ध निर्देशक एवम् प्रधानाध्यापक बिजया ओझैया ।
आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम शिक्षा संवाद मा कुराकानी गर्दै विगत १५ वर्षदेखी शिक्षण पेशामा आवद्ध ओझैयाले भन्नुभयो, “माथिल्लो तहको शिक्षण सिकाई भन्दा पनि पुर्व प्राथमिक तहको शिक्षा प्रदान गर्न गाह्रो छ ।” तर विविध किसिमका जटिलताका बाब्जुद पनि वीरगंज पाठशालाको प्रविधि र शिक्षण सिकाईबाट सबै अभिभावक सन्तुष्ट भएको उहाँले बताउनुभयो ।
पाठशालामा पढाई सँगसँगै अतिक्ति क्रियाकलाप पनि सन्चालन गर्ने हुँदा त्यसबाट पठनपाठनमा थप टेवा पुग्ने बिश्वास उहाँले व्यक्त गर्नुभयो । शिक्षणका साथै अन्य समाजसेवामा पनि त्यत्तिकै रुपमा सक्रिय रहनुभएकी ओझैयाले शिक्षण पेशामा लागेर पनि शिक्षक हुँ भन्न हिचकिचाउन नहुने बताउँदै शिक्षण पेशामा आफुले गर्व गर्ने बताउनुभयो ।
साथै उहाँले वीरगंज लाई शैक्षिक हब बनाउनका लागि यहाँकै बुद्धिजिविहरु बिचको अस्वस्थ प्रतिस्पर्धा मुख्य बाधक बनेको टिप्पणी गर्नुभयो ।
अँझै पनि महिलाहरु शिक्षाको पहुँचमा पुग्न नसकेकोमा दुखेसो पोख्दै महिला शसक्तिकरण तथा महिला शिक्षाका कार्यक्रमहरु महानगरपालिकाले ल्याउनुपर्नेमा थारु कल्याणकारीणी संघ पर्साकी महिला सभापति समेत रहनुभएकी ओझैयाले ध्यानआकर्षण गराउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here