जुनियर सिंगिग आइडल सिजन ४ को अडिसन सम्पन्न (फोटोफिचर)

0
374
Ad_Article_Top
Share :

सुर्य शुभचिन्तक
वीरगंज, २१ मंसिर

आरके क्रिएटिभ इन्टरटेन्मेन्ट एण्ड इभन्ट म्यानेजमेन्टको आयोजनामा आज जुनियर सिंगिग आइडलको अडिसन सम्पन्न भएको छ ।
वीरगंजको जिवनज्योति स्कुलको सभाहलमा सम्पन्न अडिशनमा ३० जनाले सहभागिता जनाएका थिए । जसमध्ये अर्काे चरणको लागि ८ जना छनौट भएको आयोजकका अमित सर्राफले जानकारी दिनुभयो ।

Image may contain: 5 people, people smiling, people sitting

वीरगंज तथा यस आसपासमा लुकेर रहेका स्थानिय कला प्रतिभालाई जगेर्ना गर्ने तथा संगित प्रति रुचि भएकाहरुलाई अवसर प्रदान गर्ने अभिप्रायले यसअघिका ३ वटा सिजनको सफलता सँगै सिजन फोर को आयोजना गरिएको कम्पनिका कार्यकारी निर्देशक रायन कायस्थले बताउनुभयो ।
त्यसैगरी यही मंसिर २८ गते अर्काे अडिशन हुने आयोजकका राजन गुप्ताले बताउनुभयो । आज र अर्काे साता हुने अडिशनमा छनौट भएकाहरुलाई गायनकला तथा प्राविधिक कुराहरुको प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

Image may contain: 5 people, people sitting

आजको अडिशनमा गायक मन्दिप खड्का, निखिल गुप्ता, गौरव वर्मा, सुर्य नारायण बि क र राजन कुमार ठाकुरले निर्णायकको भुमिका निर्वाह गरेको अमित सर्राफले जानकारी दिनुभयो ।

Image may contain: 20 people, people standing and indoor
Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here