भोलन्टियरद्वारा आज पनि शंकराचार्य गेटको सरसफाइ

0
51
Ad_Article_Top
Share

वीरगंज, २१मंसिर
भोलन्टियर समुहले चौथो शनिबार पनि नेपालको मुख्य प्रवेशद्वार बिरगंज स्थित शंकराचार्य गेटको सरसफाई गरेको छ ।
चौथो हप्ता पनि शंकराचार्यद्वा तथा त्यस वरिपरिको क्षेत्रको सरसफाइ गरिएको भोलन्टियर वीरगंजका महासचिव श्याम सरार्फले वताउनुभयो । सरसफाई कार्यक्रम गत शनिबार जस्तै वीरगंज महानगरपालिकाले दमकल पठाएर सहयोग गरेको सरार्फले बताउनुभयो ।
भोलन्टिय समुहले शंकराचार्यद्वारको सरफाईलाई निरन्तरता दिए पछि सो क्षेत्रको मुहार नै परिवर्तन हुँन थालेको छ । भोलन्टियर वीरगंजका संयोजक राजन श्रीवास्तवको संयोजनमा भएको सरसफाई कार्यक्रममा मुख्यमन्त्री संवच्छता अभियानका संयोजक सलाउदिन अहमद, समाजिक अभियान्ता प्रकाश थारू, महिला नेत्री रम्भा मिश्र, समाजसेवी एवम् स्वास्थ्यकर्मी अनिष कान्त कुश्वाहा, विद्यार्थी नेता इशक कुमार, कमलेश कुश्वाहा, दिलपाल साह, दयाशंकर सरार्फ, विंकी सरार्फ, राधेश्याम साह, करण यादव, विनय गुप्ता, आकाश सरार्फ लगायतको सहभागीता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here