बिश्रामपुरमा लामो समयदेखि अलपत्र बाटोको मर्मत संम्भार शुरु, कार्यप्रगतिको अनुगमन

0
360
Ad_Article_Top
Share :
meropathsala.com

मोहनलाल पण्डित
वीरगंज, २२ मंसिर

बाराको बिश्रामपुर गाउँपालिकामा ४०/४५ वर्ष देखि अलपत्र बाटोलाई मर्मत संम्भारको कार्य शुरु भएको छ ।
तेलगडहा देखि कान्तिपुर बरैनिया जाने बाटो र खेखरिया बोर्डर देखि छतवा जाने अलपत्र बाटोको मर्मत कर्य भइरहेको गाउँपालिका अध्यक्ष अमिरीलाल पालले बताउनुभयो । अतिक्रमण गरिएको ३० मिटरको बाटो मर्मत गर्न लाग्दा बिगत धेरै दिन देखि बाटोलाई खेतमा परिनत गरि जोत खन गर्दे आईरहेको केही स्थानियले नापीको विषयमा बिवाद गरेका छन् ।
विवाद भएतापनि सो विवादलाई स्थानिय सँग सहमति गरी सल्टाएर सडक निर्माणको कार्यलाई तिव्रता दिने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार क्षत्रिले बताउनभयो ।
यसैबिच आज सोही क्रममा निर्माणाधिकन सडकको कार्यप्रगतिको कर्मचारी, जनप्रतिनिधि र सन्चारकर्मीको टोलिले अनुमगन समेत गरेको छ ।
अनुगमनमा प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार क्षत्रि, वडा न. २ का अध्यक्ष अजय कुमार गुप्ता, ३ का अध्यक्ष शिबचन्द्र यादब, गाउपालिकाका अन्य कर्मचारी तथा स्थानिय को समेत सहभागिता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here