पोखरियाले काचुली फेर्ने, विकासको कमाण्ड राजकुमार गुप्तालाई स्मार्टसिटीको एक अर्ब रकम आउने, अन्य पूर्वाधारमा लगानी थपिने

0
1347
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज, २२ मंसिर
पर्साको पोखरिया नगरपालिकाको समग्र विकासको मार्गचित्र पहिल्याउन पर्साका नेताहरु केन्द्रिय राजधानी हानिएका छन् ।
गतवर्ष पोखरियाको विकासको निम्ती विनियोजन भएको एक अर्ब १० करोड फिर्ता भएपछि अत्तालिएका पोखरियाका जनप्रतिनिधीहरुले सर्वदलीय सहमति बिना फिर्ता भएको रकम फिर्ता नआउने निक्र्यौल गरी आज डेलिगेशन गएका हुन् ।
केन्द्रमा नेकपा नेतृत्वको दुई तिहाई सरकार रहेकोले त्यसको नेतृत्व संविधान सभा सदस्य राजकुमार गुप्तालाई दिने गरी टोली संघीय राजधानी हानिएको हो । उक्त टोलीमा संविधान सभा सदस्य प्रद्युम्न चौहान, प्रदेशसभा सदस्य प्रल्हाद गिरी, पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, राजपाका सहमहासचिव नेजाुद्धिन समानी, नेकपा नेता तेजप्रकाश निषाद, पोखरिया वडाध्यक्षहरु, नेकपाका स्थानीय नेता अनुप तिवारी लगायतको टोली डेलिगेशनमा सहभागी छन् ।
टोलीले अर्थमन्त्री डा. यूवराज खतिवडा, भौत्तिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, कृषिमन्त्री घनश्याम भूषाल लगायतलाई भेट गरी कृषि, सडक, शहरको आधुनिकीकरणको योजना, खानेपानी, पुल, स्वास्थ्य लगायत पोखिरयालाई आधुनिक शहरमा परिणत गराउने योजना ल्याउने बताइएको छ ।
पोखरियाको समृद्धिको निम्ती स्मार्टसिटीको नाममा आएको एक अर्ब १० करोड रुपैयाँ फिर्ता भएपछि राजनीतिक सहमतिको आधारमा रकम फर्काउने योजना सहित थप बजेट माग गर्न टोली रवाना भएको हो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here