बी वाई सि सि कप अन्र्तगत आज वीरगंज कलेज र बि आइ टि कलेज बिजयी

0
141
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगंज, मंसिर २२

वीरगंज युवा च्याम्पस क्लबको आयोजनामा नारायणी रंगशालामा जारी बि वाई सि सि कप अन्र्तगत आज २ वटा खेल सम्पन्न भएका छन् ।
इन्टर कलेज प्लस टु टि ट्वाइन्टी नक आउट क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा कलेज फर म्यानेजम्यान्ट सि एफ एम लाई ५ बिकेटले पराजित गर्दै वीरगंज कलेज बिजय भएको छ ।
टस जितेर ब्याटिंग रोजेको सि एफ एम ले १९ ओभर १ बलमा सबै बिकेट गुमाएर १०७ रनको योगफल तयार गरेको थियो । १०८ रनको लक्ष्य पाएको वीरगंज कलेजले १५ ओभरमा ५ बिकेटको क्षतिमा लक्ष्य पुरा गरेपछि वीरगंज कलेज बिजय भएको हो । खेलको म्यान अफ दी म्याच वीरगंज कलेजका बिजय कुमार घोषित भएका छन् ।

त्यसैगरी आजै भएको अर्काे खेलमा सिद्धार्थ कलेजलाई ९ बिकेटले पराजित गर्दै बि आइ टी कलेज बिजय भएको छ । टस जितेर ब्याटिंग रोजेको सिद्धार्थ कलेजले निर्धारित २० ओभरमा ८ बिकेट गुमाएर ११२ रन जोडेको थियो ।
जवाफमा बि आइ टी कलेजले १३ ओभर खेलेर १ बिकेटको क्षतिमा लक्ष्य भेटाएपछि बिजय भएको हो । सो प्रतियोगितामा बि आइ टि का सहाबुद्धिन अन्सारी म्यान अफ दी म्याच घोषित भएको प्रतियोगिताका संयोजक रमित राजा अन्सारीले जानकारी दिनभय ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here