सेन्चुरीको “तिमी नै छौ मेरो आँखा भरी” सार्वजनिक (भिडियो सहित)

0
502
Ad_Article_Top
Share :

सुर्य शुभचिन्तक, २२ मंसिर

द भ्वाइस अफ नेपाल सिजन वान मा ब्लाइन्ड अडिशनबाट बाहिरीएपनि धेरै दर्शक श्रोताहरुले निकै नै रुचाएकी गायिका इस्टर सेन्चुरीको पहिलो गीत सार्वजनिक भएको छ ।
“तिमी नै छौ मेरो आँखा भरी” बोल को गीत मनोरन्ज नेपाल नामक युट्युब च्यानल मार्फत आइतवार सार्बजनिक भएको हो । सन्दिप परियारको शब्द संगितमा रहेको गीतलाई राकेश सोनीले एरेन्ज गर्नुभएको छ । इस्टर सेन्चुरीको सुमधुर स्वरमा सजिएको गीतको भिडियो इडिटिंग र छायांकन अनिप श्रेष्ठले गर्नुभएको छ ।
भ्वाइस अफ नेपाल सिजन वान को ब्लाइन्ड अडिशनमा आभा मुकारुंगको आवाजमा रहेको गीत कता हिँडेको कसलाई सोधेको गाएर छनौट नभएपनि सेन्चुरीले निर्णायकको मन जित्न सफल हुनुभएको थियो । जजहरुले सकरात्मक प्रतिक्रिया दिएर थप हौसला प्रदान गरेको कारण आज सबै दर्शकहरुले सेन्चुरीलाई निकै नै
रुचाएका थिए । सेन्चुरीका शुभचिन्त तथा फ्यानहरु उहाँको गीतको व्यग्र प्रतिक्षामा रहेका थिए । सिजन वान को अडिशनमा गाएके गीतलाई जस्तै यस गीतलाई पनि दर्शकले मन पराउनेमा बिश्वस्त भएको गायिका सेन्चुरीले बताउनुभयो । विगत लामो सयमदेखी संगित क्षेत्रमा संघर्ष गर्दै आउनुभएकी सेन्चुरीले आफ्नो पहिलो गीत सार्वजनिक भएसँगै खुशि व्यक्त गर्नुभएको छ ।

हेर्नुहोस भिडियो :

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here