बि वाई सि सि कप अन्र्तगत आज ग्लोबल र सेन्जेभियर्स विजयी

0
235
Ad_Article_Top
Share :
meropathsala.com

सुर्य शुभचिन्तक
वीरगंज, २३ मंसिर

वीरगंज युवा च्याम्पस क्लबको आयोजनामा नारायणी रंगशालामा जारी बि वाई सि सि कप अन्र्तगत आजको खेलमा ग्लोबल कलेज र सेन्जेभियर्स कलेज बिजयी सम्पन्न भएका छन् ।
इन्टर कलेज प्लस टु टि ट्वाइन्टी नक आउट क्रिकेट प्रतियोगिता अन्र्तगत आजको पहिलो खेलमा बि सि पि एललाई ७ बिकेटले पराजित गर्दै ग्लोबल कलेज बिजय भएको छ ।
टस जितेर ब्याटिंग रोजेको बिसिपिएलले निर्धारित २० ओभर सबै बिकेट गुमाएर ११४ रनको योगफल तयार गरेको थियो । जवाफमा ११५ रनको लक्ष्य पाएको ग्लोबल बिजनेश कलेज १६ ओभर ५ बलमा ३ बिकेटको क्षतिमा लक्ष्य भेटाएपछि बिजय भएको हो । पहिलो खेलको म्यान अफ दी म्याच साहिल पटेल घोषित भएका छन् ।
त्यसैगरी आजै भएको अर्काे खेलमा एन आई कलेजलाई २९ रनले पराजित गर्दै सेन्जेभियर्स कलेज बिजय भएको छ । एन आई कलेजले टस जितेर फिल्डींग रोजेपछि ब्याटिंगको निम्तो पाएकासेन्जेभियर्स कलेजले पुरै ओभर खेल्दै ७ बिकेट गुमाएर १५३ रन बनाएको थियो ।
१५४ रनको लक्ष्य पाएको एन आई कलेज निर्धा्िरत २० ओभरमा ७ बिकेट गुमाएर १४४ रनमै समेटिएको थियो । उक्त खेलमा सम्साद मन्सुर म्यान अफ दी म्याच घोषित भएको प्रतियोगिताका संयोजक रमित राजा अन्सारीले जानकारी दिनभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here