सेवा गर्न राजनितिमा आएको हुँ ,वडाको बिकाशमा दिनरात खटेको छु – वडा अध्यक्ष कुशवाहा

0
419
Ad_Article_Top

वीरगंज, मंसिर २५,राकेश साह
बाराको फेटागाँउपालिका वडा नम्बर
२ का वडा अध्यक्ष रवि कुशवाहाले आफनो वडामा बिकाश निर्माणले गति लिएको बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्दर्भमा आज कुरा गर्दै वडा अध्यक्ष कुशवाहाले २० बर्ष देखि हुन नसकेको बिकाश निर्माणहरु अहिले धमाधम भइएरहेको बताउनुभयो । वडा अध्यक्ष कुशवाहाले वडा नम्बर २ मा गरिव दलित समुदायको बसोबास बढि भएकोले उहाँहरुको जिवन स्तर उकास्न बिशेष जोड दिएको बताउनुभयो । उहाँले शिपमुलक र आयआर्जनका काममा बिशेष ध्यान दिएको जानकारी समेत दिए । संघियता आएपछि स्थानिय तहमा धेरै बिकाश भएको उनको दावी थियो । वडा अध्यक्ष कुशवाहावाले वडा नम्बर २ मा स्वास्थ्य चौकी निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उहाँले वडाका सवै टोलहरुमा सडक,नाला निर्माणमा पनि चरणवद्ध रुपमा काम अघि बढेको बताउनुभयो । ,बिकाशको लागि राजनितिमा होमिएको बताउदै आफनो वडामा छोटो अवधिमै धेरै बिकाश गरेको बताउनुभयो । उहाँले स्थानिय तहमा भ्रष्टाचार बढेको स्वीकारदै जनतालाई सचेत भईदिन आग्रह गर्नुभयो । वडा अध्यक्ष कुशवाहाले बिकाश निर्माणमा प्रयोग हुने समाग्रीको गुणस्तरीयताबारे पनि अनुगमन र निरिक्षण गरिदिन स्थानिय संग आग्रह गर्नुभयो । उहाँले नराम्रो गर्ने जनप्रतिनिधिलाई अगामी चुनावमा जनताले जवाफ दिने बताउनुभयो ।कुशवाहाले सडक ,नाला निर्माण, बिद्यालय मर्मत, शिक्षामा सुधार,प्रवेशद्वार निर्माण र शिपमुलक तालिम लगायत क्षेत्रमा वडाको बजेट खर्च गरेको बताउनुभयो । उहाँले आफना वडाका हावाहुरी प्रभाबितलाई समयमै घर निर्माण गरि पुनस्थापना गरेकामा संघ,प्रदेश र स्थानिय सरकारलार्य धन्यवाद समेत दिएका थिए । वडा अध्यक्ष कुशवाहाले आफना वडाका कृषि क्षेत्रमा सुधार ल्याउन उन्नत जातको बिउ बितरण, तरकारी र घाँसको बिउ बितरण संगै स्टेट बोरिङ्ग जडानको प्रक्रिया अघि बढाइएको वडा अध्यक्ष कुशवाहाले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here