बि वाई सि सि कप अन्र्तगत आज बि आई टि र ग्लोबल कलेज बिजयी

0
191
Ad_Article_Top
Share :
meropathsala.com

सुर्य शुभचिन्त्क
वीरगञ्ज, २५ मंसिर

वीरगंज युवा च्याम्पस क्लबको आयोजनामा नारायणी रंगशालामा जारी बि वाई सि सि कप अन्र्तगत आजको खेलमा ग्लोबल कलेज र बि आई टि कलेज बिजयी भएका छन् ।

इन्टर कलेज प्लस टु टि ट्वाइन्टी नक आउट क्रिकेट प्रतियोगिता अन्र्तगत आजको पहिलो खेलमा अल्पाईन कलेजलाई ७१ रनले पराजित गर्दै बि आई टि कलेज बिजय भएको छ ।
अल्पाईन कलेजले टस जितेर फिल्डींग रोजेपछि ब्याटिंगको निम्तो पाएको बि आई टिले १५ ओभरमा सबै बिकेट गुमाएर १७३ रनको योगफल तयार गरेको थियो । जवाफमा १७४ रनको लक्ष्य पाएको अल्पाईन कलेज १८ ओभरमा ७ बिकेट गुमाएर ११२ रनमै समेटिएपछि बि आई टि कलेज बिजय भएको हो ।

सो खेलको म्यान अफ दी म्याच सुदिप चौधरी घोषित भएका छन् ।
त्यसैगरी आजै भएको अर्काे खेलमा सेन्जेभियर्स कलेजलाई ४२ रनले पराजित गर्दै ग्लोबल कलेज बिजय भएको छ । टस जितेर ब्याटिंग रोजेको ग्लोबल कलेजले पुरै ओभर खेल्दै ९ बिकेट गुमाएर १५२ रन बनाएको थियो ।

१५३ रनको लक्ष्य पाएको सेन्जेभियर्स कलेज निर्धारित २० ओभरमा ९ बिकेट गुमाएर ११० रनमै समेटिएको थियो । उक्त खेलमा असब हुसैन म्यान अफ दी म्याच घोषित भएको प्रतियोगिताका संयोजक रमित राजा अन्सारीले जानकारी दिनभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here