मन्त्रि भट्ट र दुगडको सहकार्यमा निजि क्षेत्रले फड्को मार्ने उद्योगिको अपेक्षा, वीउवाद्वारा मन्त्रि द्वयको सम्मान

0
141
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगंज, २५ मंसिर

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रि लेखराज भट्टले राजनिति परिवर्तनसँगै अब ३ तहको सरकारको समन्वय र सहकार्यमा आर्थिक समृद्धिको बाटो तर्फ लम्कनुपर्नेमा जोड दिनुभएको छ ।
वीरगञ्ज सम्भावनाले भरिएको सहर भएको हुँदा स्रोत साधनको पहिचान गरी सही ढंगले परिचालन गर्नुपर्ने धारणा राख्नुभयो । वीरगंज उद्योग वाणिज्य संघद्वारा आयोजित मन्त्रि लेखराज भट्ट र राज्यमन्त्रि मोतिलाल दुगडको सम्मान कार्यक्रममा बोल्दै मन्त्रि भट्टले सरकार आयात घटाउन र निर्यात बढाउन लागिपरेको बताउँदै उत्तर दक्षिण दुबैतिरको व्यापारलाई सन्तुलन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग बाणिज्य तथा आपुर्ति राज्यमन्त्रि मोतिलाल दुगडले परम्परागत काम गर्ने तरिकामा परिवर्तन गर्दै इच्छाशक्तिलाई बढाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले उद्योगलाई बन्द गर्नका लागि लाइसेन्स नदिएको बताउँदै बन्द रहेका उद्योग तथा कारखाना खोल्नुपर्ने बताउनुभयो ।
उद्योगी व्यवासय सन्तुष्ट नभएसम्म देश समृद्धी हुन नसक्ने बताउँदै निजी क्षेत्रका समस्याहरु चाँडै समाधान हुने बिश्वास पनि उहाँले व्यक्त गर्नुभयो । वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा संघका पुर्व अध्यक्ष एवम् प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा, पुर्व अध्यक्ष गणेश लाठ, अशोक टेमानी बाबुलाल चाचान, दिनेश खण्डेवाल, प्रकाश खण्डेवाल, सुरेश शर्मा, प्रभात गुप्ता, पशुपति खण्डेवाल लगायतले आ आफ्नो क्षेत्रमा भएका समस्याहरुको बारेमा मन्त्रिको ध्यानआकर्षण गराएका थिए ।
संघका बरिष्ठ उपाध्यक्ष सुबोध कुमार गुप्ताले धन्यावाद ज्ञापन गरेको कार्यक्रमका सहजिकरण संघका महासचिब माधव राजपालले गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here