पोखरीयाको बिकासमा सरकार प्रतिबद्ध, अब समृद्धिको मार्गमा ३ नम्बर क्षेत्र लम्कियो : गुप्ता

0
615
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज, २५ मंसिर
पोखरिया नगरपालिकाको समग्र विकाको लागि संघिय सरकारलाई ध्यानाकर्षण गराउन काठमाण्डौ गएको टोलीले हिजो अर्थ मन्त्रीसँग छलफल गरेको छ ।
पोखरियालाई स्मार्ट सिटी बनाउने योजनालाई निरंतरता दिदै माघ सम्ममा बजेट पठाउन अर्थ मन्त्री युवराज खतिवडाले बताउनु भयो । शहरी विकाश मन्त्रालयले तोकेको बजेट भन्दा कयाँै गुणाबढी दायित्व देखाउदै बजेट मांग गरेकोले सो बराबरको भुक्तानी अर्थबाट हुन नसकेको कारण पनि वास्तविक बजेटमा समेटिएको योजना पनि प्रभावित बनेको उहाँले बताउनुभयो ।
पर्सा जिल्ला क्षेत्र न. ३ को समग्र बिकासमा नेकपा सदैब प्रयत्नशिल रहेको संविधान सभा सदस्य तथा नेकपा नेता राजकुमार गुप्ताले बतउनुभयो । समग्र बिकासको निमित्त राजधानी हानिएको डेलिगेसन टोलिमा सहभागि भएर फर्केपछि उत्साहित नेताले इतिहासमा कहिलै नभएको बिकासको सम्भावना पोखरीयामा रहेकोले सबैको साझा सहमति र सक्रियताको आधारमा अब पोखरीया मात्र नभएर निर्वाचन क्षेत्र न. ३ को सबै जनताको जिवनस्तर माथि उकास्ने गरी बिकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नाला, कृषि लगायतका सबै क्षेत्रमा लगानीको वातावरण निर्माण हुन लागेको उहाँले बताउनुभयो ।
त्यस्तै संविधान सभा सदस्य बिचारी यादबले पर्सा जिल्ला लगायत अन्य आसपासका कृषकहरुको मेरुदण्डको रुपमा रहेको वीरगंज चिनि कारखानलाई सन्चालनमा ल्याउनका निम्ति अर्थमन्त्रि डा. युवराज खतिवडाको ध्यानआकर्षण गराउनुभयो ।
डेलिगेसनमा सहभागि अर्का संविधान सभा सदस्य प्रधुमन चौहानले वर्तमान सरकारले जनतालाई तत्काल प्रतिफल प्राप्त गर्न सक्ने बिकास निर्माणका योजना ल्याउनुपर्ने र पोखरीयालाई स्मार्ट सिटिको रुपमा बिकास गर्न रोकिएको बजेट तत्काल पठाउन आग्रह गर्नुभयो ।
डेलिगेशन टोलिमा सहभागि पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारले पोखरीयाको बर्तमान अवस्थाका बारेमा मन्त्रि खतिवडालाई अवगत गराउँदै स्मार्ट सिटिको निम्ति बिनियोजित १ अर्ब भन्दा बढी रकम नगएकोमा पोखरीयामाथि अन्याय भएको धारणा राख्नुभयो । उहाँले यसवर्षको सम्पुर्ण बजेटमा पोखरिया नगरपालिकाको भवन तथा रिंगरोडको योजनाहरुलाई समावेश गर्न अर्थ मन्त्रीलाई आग्रह गर्नुभयो ।
अर्थ मन्त्रालय पुगेको टोलीमा पूर्व सांसद एवं संविधान सभा सदस्य राजकुमार गुप्ता, प्रदुुमन चौहान, बिचारी यादव, पोखरिया नगर प्रमुख दिपनरायण रौनियार, नेकपाका नेता तेजप्रसाद निषाध, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष अनुप तिवारी, बिन्दवासिनि गाउपालिकाका प्रमुख श्रीलाल साह कानु, सन्जिब मिश्रा, सफल खतिवडा, बिकास साह, मनेजर प्रसाद साह, वडा अध्यक्ष सोनालाल साह गोढ लगायतको सहभागिता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here