सडक निर्माणमा बिशेष ध्यान दिएको छु, वडालाई नमुना बनाउन दिनरात काम गरिहेको छु– वडा अध्यक्ष यादव

0
215
Ad_Article_Top
Share

वीरगंज, मंसिर २९
बाराको देवताल गाँउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सत्यन्द्र यादवले वडामा तिव्र गतिमा बिकाश गरिरहेको दावी गर्नुभएको छ । आवाज एफ.एम ८८मेगाहर्जको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै वडा अध्यक्ष यादवले पिपरपाती जब्दी गाँउमा सडक निर्माणमा बिशेष जोड दिएको बताउनुभयो । उहाँले दुई बर्षभित्र आफनो गाँउलाई हिलोमुक्त बनाएको बताउनुभयो । यादवले अहिले हरेक टोल र गल्लीमा सडक निर्माण गरिसकेको बताउनुभयो । गाँउमा हरेक काम पारर्दशी हिसावले गर्ने गरेको बताउनुभयो । उहाँले वडामा रहेको बिद्यालयको अवस्था जिर्ण रहेको बताउदै अब बिद्यालयको बिकाशमा काम गरिने बताउनुभयो ।उहाँले गाँउपालिकाले चाँसो नदिदा बिद्यालयको भौतिक पुर्वाधारलाई समयमै बनाउन नसकिएको बताउनुभयो उहाँले वडामा आउने बजेटबाट बिद्यालयका बिकाश गरिने बताउनुभयो । गाँउपालिकाले आफनो वडा प्रति बिशेष ध्यान नदिएको वडा अध्यक्ष यादवको आरोप थियो । बोर्ड बैठकमा राम्रो कामको समर्थन र नराम्रो कामको बिरोध गर्ने गरेको बताउनुभयो । उहाँले बोर्डबाट परित राम्रा कामहरु समयमा कार्यन्वयन नहुदा गाँउपालिकाले सोचे जस्तो बिकाश गर्न नसकेको वडा अध्यक्ष यादवको आरोप थियो । यादवले आर्थिक अनियमितताबारे वडाका जनता संग सोध्न आग्रह गर्दै बजेटको रकम सतप्रतिशत सदुपयोग गरेको बताउनुभयो । उहाँले वडा नम्बर ७ मा भ्रष्टाचार शुन्य रहेको बताउनुभयो । उहाँले वडाको बिकाशको लागि सवैलाइ सहयोग गर्न अनुरोध गर्नभयो ।यादवले गाँउपालिका प्रमुख र वडा अध्यक्षहरु बिच आवश्यकता अनुसार तालमेल हुने गरेको बताउनुभयो । यादवले हावाहुरी प्रभाबितको घर निर्माणमा कुनै विवाद नभएको बताउदै नेपाल सरकारले आफनो हिसावले घर निर्माण गरेको बताउनुभयो । उहाँले वडाले दिएको डाटा अनुसार घर निर्माण नहुदाँ असन्तुष्टि पैदा भएको बताउनुभयो । वडा अध्यक्ष यादवले वडालाई नमुना र बिकाशित बनाउने गरि काम गरेको बताउदै यस अभियानमा सहयोग गर्न सम्पुर्णलाई आग्रह गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here